ओलाले एसवानका ग्राहकलाई निःशुल्क सस्पेन्सन उपलब्ध गराउने

काठमाण्डौ । भारतीय स्टार्टअप कम्पनी ओलाको उत्पादन एसवान इलेक्ट्रीक स्कुटरका लागि नयाँ सस्पेन्स बनाएको छ । योसँगै कम्पनीले आफ्ना एसवानका पुराना ग्राहकलाई निःशुल्क अपग्रेड दिने भएको हो ।

कम्पनीले इलेक्ट्रीक स्कुटरको सस्पेन्सनका कारण धेरै दुर्घटना भएका कारण ग्राहको गुनासा बढ्दै गएपछि यो सुविधा दिने भएको हो ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैं उच्च स्तरीय कम्पोनेन्टहरूको प्रयोग गरेको र यसको अधिकतम परीक्षण भएको बताएको छ ।

यसका बाबजूद पनि केही समस्या देखिएको कारण कम्पनीले एसवानका लागि नयाँ सस्पेन्स तयार पारेको र आफ्ना सम्पूर्ण ग्राहकलाई झण्झटरहित तरिकाबाट निःशुल्क सस्पेन्सन उपलब्ध गराउने बताएको छ ।

ओला एस वानमा ८।५ किलोवाट क्षमताको मोटरको साथमा २।९८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले ५८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले एकपटकको फुलचार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।


Back_to_top