यस्ताे छ टोयोटाको नाडा अटो शो अफर

काठमाडौं । नाडा अटो शो २०१८ तथा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै टोयोटा गाडीको अाधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विभिन्न अफर ल्याएको छ । 

कम्पनीका अनुसार भाग्यशाली दुई जना ग्राहकलाई माउन्टेन फ्लाइटको अवसर दिइने छ । भने पाँच जोडीलाई चार दिन पाँच रातको बाली भ्रमणको अवसर दिने घोषणा गरेको छ । साथै, ३ जोडिलाई ३ रात ४ दिनको पोखरा भ्रमणको अफर टोयोटाले ल्याएको छ । 

कम्पनीले यस अवधिमा टोयोटाको जुनसुकै गाडी खरिद गर्ने ग्राहकलाई सो स्किममा समावेस गर्ने जनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट अटो शो सुरु भएको छ । 

नाडा अटो शोमा कम्पनीले टोयोटा रसलाई विशेष प्राथमिकता दिएर प्रमोशन गरिरहेको छ । 

अटो शोलाई मध्यनजर गर्दै नेपालस्थित अधिकांश सवारी साधनका विक्रेताले नयाँ गाडी भित्र्र्याएका छन् । टोयोटाले पनि आफ्नो ग्राहकलाई आकर्षण गर्ने उद्देश्यसहित विभिन्न ब्रान्डसँगै यस्तो अफर ल्याएको हो । 


Back_to_top