आइएमइले ल्यायो सलाम एयरलायन्स, हप्तामा ७ दिन उडान अनुमती

काठमाडौं । ओमानको बजेट एयरलायन्स सलाम एयरलायन्स नेपाल भित्रिएको छ । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ इन्टरनेशनल टाभलले सलाम एयरलायन्सको जीएसए व्यबस्थापन गर्नेछ । 

सन् २०१७ को जनवरीबाट उडान थालेको सलाम एयरले आन्तरीकतर्फ ओमानको मस्कट, सलल्हा र सोहरबाट  उडान भर्दै आएको छ भने, अन्तर्राष्ट्रिय तर्फ युएइको दुबाइ, साउदी अरेबीयाको जेद्दा, पाकिस्तानको शैलकोट, मुल्तान र कराँची, जर्जियाको त्बीलीसी र अजरबैजानको बाकुम, बंगलादेशको ढाका लगायत क्षेत्रमा उडान गर्दै आएकोमा अब काठमाडौं थपिएको हो ।

आज बिहान त्रिभुवन अन्तराष्टिय बिमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आइएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भने, रोजगारीका लागी बिभिन्न मुलुकमा जाने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ सहज रुपमा सेवा दिनका लागी तथा पर्यटन वर्ष २०२० सफल बनाउनका लागि सलाम एयरले महत्वपूर्ण भुमिका निवार्ह गर्नेछ । 

सलाम एयरले पहिलो उडानबाट नेपाल आउने यात्रुहरूलार्इ  चन्द्रागिरी हिल्सको टिकेटमा ५० प्रतिशत छुटको समेत व्यबस्था रहेको जनाएको छ ।  त्यस पछि हरेक यात्रुहरूलार्इ चन्द्रागिरी हिल्सको टिकेटमा २५ प्रतिशत छुटको व्यबस्था रहेको जनाएको छ ।  

हप्तामा सात दिन उडानको अनुमती पाएको सलाम एयर नेपाली समय अनुशार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने   ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ बजेर ४० मिनेटमा ओमान फकर्ने जनाएको छ ।


Back_to_top