काठमाडौं । मारुती सुजुकी इन्डियाले सन् २०२४ सम्ममा नेक्सालाई देशको दोस्रो ठूलो कार ब्रान्ड बनाउने लक्ष्य रहेको बताएको छ ।
कम्पनीले कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर इन्डिया र भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको तुलनामा अझ ठूलो ब्रान्ड बनाउने लक्ष्य लिएको हो ।
हाल भारतमा देशको सबैभन्दा ठूलो कार निर्माताले नेक्सा र एरेनाका डिलरशिप मार्फत आफ्ना प्यासेन्जर सवारी साधनहरू बिक्री गर्दै आएका छन् ।
त्यसैगरी, इग्निस, बलेनो, सियाज, एक्सएल ६ र ग्रान्ड भिटारा जस्ता मोडल पनि नेक्सा कै आउटलेट मार्फत बिक्री हुँदै आएको छ ।
एरेना आउटलेटले भने अल्टो, एस–प्रेसो, सेलेरियो, वागनआर, स्विफ्ट, डिजायर र ब्रेजा जस्ता मोडल उपलब्ध गराउँदै आएका छन् ।
कम्पनीले सन् २०२२ को अप्रिलदेखि २०२३ फेब्रुअरीसम्म भारतीय बजारमा १४ लाख ७४ हजार १०७ युनिट कार बेच्दै प्यासेन्जर सेग्मेन्टमा रेकर्ड कायम गरेको थियो । यसमा नेक्सा मोडलको हिस्सा २३ प्रतिशत रहेको कम्पनीको दाबी छ।
कम्पनीले आर्थिक वर्ष २०२२ मा २ लाख ५५ हजार युनिट नेक्सा रहेकोमा यो आर्थिक वर्षको अन्त्यसम्ममा ३ लाख ७० हजार युनिटको अपेक्षा गरेको छ ।


