काठमाडौं । हिरो मोटोकर्पले हार्ले डेभिड्शन मोटरसाइकललाई ट्राइक बाइकमा परिमार्जन गरेको छ । कम्पनीले आफ्ना एक कामदारका लागि ट्राइक बाइक बनाएको हो ।
हिरो मोटोकर्पले आफ्ना एक फरक क्षमताका भएका काामदारका लागि हार्ले रोड किङ मोटरसाइकललाई ट्राइक बाइकमा परिमार्जन गरेको हो ।
हिरोले मोटोकप हार्ले डेभिड्शनबीच सहकार्य रहेको छ भने भारतीय बजारका लागि हिरोले हार्लेका मोटरसाइकलको विक्री तथा सर्भिसको काम गर्नेछ ।
कम्पनीका अनुसार हार्ले डेभिडसन रोड किङ क्रुजरलाई हिरो र राजपुतना कस्टम (मोडिफाइड) कम्पनीले ट्राइकमा परिणत गरेको हुन् । यसमा दुवै भागमा सपोर्ट ह्विल थप गरिएको छ भने साइड कभरिङ्ग र बक्सहरू हटाइएको छ । यसमा मोटरसाइकलको रङ्ग अनुसारकै ह्विलमा मेटल फेंडर पनि दिइएको छ।
यो मोटरसाइकलमा थप परिवर्तन भने भएको छैन । हार्ले डेभिडसन रोड किङमा १ हजार ७४५ सीसी ट्वीन-सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ८४ पीएस र १४७ एनएम अधिकतम टर्क उत्पादन गर्छ। भारतमा यसको एक्स-शोरूम मूल्य २८ लाख ४९ हजार भारतीय रुपैयाँ रहेको छ।

