काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले ‘सीगल’ को बाहिरी डिजाइन आधिकारीक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले युवा उपभोक्तालाई लक्षित गर्दै ल्याउने तयारी गरेको कारको डिजाइन देखाएको हो ।

यो ईभी ‘ओसियन एस्थेटिक्स’ डिजाइन कन्सेप्टमा आधारीत रहेको छ । कम्पनीले यसलाई बीवाइडी डल्फिनको तुलनामा स्पोर्टी लुक्स दिएको छ ।
हेडलाइटमा दिइएको लाइट स्ट्राइपले यो ईभी निकै आकर्षक बनाएको छ । यसमा भएको फलोटिङ रुफ उडान भर्न लागेको सिगल जस्तो देखिन्छ ।

यो कार बीवाइडीको ३.० ई–प्लेटफर्ममा आधारीत रहेको छ । यसको ह्वीलबेस २५०० एमएम पाउन सकिन्छ भने ह्वीलबेस लेन्थ रेसियो ६६.१ प्रतिशत रहेको छ ।

यसको पछाडिको भागमा ‘विङ’ डिजाइन एलिमेन्ट दिइएको छ । कम्पनीका अनुसार यो ईभीमा ५५ किलोवाट क्षमताको पर्मानेन्ट सिन्क्रोनस मोटर दिइएको छ ।
मिडिया रिपोर्टहरूका अनुसार अनुसार यो कारको मूल्य ८० हजार युआन देखि १ लाख युआनसम्म हुनेछ ।

