पल्सर १५० जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक निमार्ता कम्पनी ओडीसेले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा बजाज पल्सर १५० जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल ओडिसी ‘भाडेर’ सार्वजनिक गरेको हो ।

भाडेर ७ इन्चको एन्ड्रोयड डिस्प्ले भएको पहिलो पहिलो इलेक्ट्रीक मोटरसाइकल रहेको छ

कम्पनीले तीन वर्षको वारेन्टिसहित आइपी ६७ सर्टिफाइड ३ किलोवाटको मोटर र एआइएस १५६ सर्टिफाइड ३।७ किलोआवरको लिथियम आयन स्मार्ट ब्याट्री प्रयोग गरेको छ ।

यो मोटरसाइकलको टप स्पीड ८५ किलोमिटर रहेको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ घण्टा समय लाग्नेछ भने एकपटकको फुलचार्जले १२५ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ ।

ओडीसी भाडेरको फ्रन्टमा २४० एमएम र रियरमा २२० एमएमको कोम्बी ब्रेकिङ सिस्टमसगैँ फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा डुयल स्प्रीङलोड सक पाउन सकिन्छ । यो मोटरसाइकलको तौल १२८ केजी रहेको छ ।

यो मोटरसाइकलमा स्पोर्ट, इको, रिभर्स र पार्किङ गरि चार मोड उपलब्ध रहेको छ । मोटरसाइकलमा १८ लिटरको स्टोरेज स्पेस, अल एलइडी लाइट, रिजेनेरेटिङ ब्रेकिङ सिस्टम, आइओटी कनेक्ट, म्युजिक सिस्टम, ब्लूटूथ कनेक्ट, कल नटिफिकेसन, नेभिगेसन, ब्याट्री इन्डिकेटर, लो ब्याट्री अलर्ट, एन्टि थेप्ट अर्लाम, ट्रयाक एण्ड ट्रेस, बाइक लोकेटरजस्ता अत्याधुनिक फिचर समावेश गरिएको छ ।

ओडिसे भाडेरको भारतीय बजारमा १ लाख १० हजार रुपैयाँ ९एक्स शोरुम अहमदाबाद० मूल्य निर्धारण गरेको छ । मोटरसाइकल ९९९ रुपैयाँ बुझाएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको देशभर ६८ ओटा डिलरसिप नेटवर्क मार्फत मोटरसाइकलको डेलिभरी जुलाइमा सुरु गर्ने बताएको छ । नेपाली बजारमा समेत ओडीसेको इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर विक्री वितरण भइरहेको छ ।


Back_to_top