काठमाडौं । टोयोटा, सुजुकी र डाइहात्सुले संयुक्त रुपमा उत्पादन गरेको नयाँ इलेक्ट्रीक भ्यानको प्रोटोटाइप सार्वजनिक गरेको छ । यी तीन कम्पनीहरूले संयुक्त रुपमा तयार गरेको यो पहिलो इलेक्ट्रीक भ्यान हो ।
यसलाई एक एक्जिबिसनमा मार्फत देखाइएको थियो । यो ईभीको रेन्ज सिङ्गल चार्जमा २०० किलोमिटर रहेको कम्पनीले बताएको छ ।
यो ईभीको प्रोटोटाइपको प्रोडक्सन स्पेक भर्सनलाई टोयोटा पिक्सिस भ्यान, सुजुकी एभ्री र डाइहात्सु हाइजेट कार्गो फरक फरक नामबाट बजारमा आउने छ ।
यस मिनी भ्यान प्रोजेक्टमा टोयोटाले इलेक्ट्रीक पावर ट्रेनको निर्माण गरेको छ भने सुजुकी र डाइहात्सुले इन्टेरियर स्पेस इन्जिनियरिङको काम गरेको हो ।
तीनवटै कम्पनीले ल्याउने ईभी भ्यान विशेषगरी जापानीज मार्केट र एशियन मार्केट केन्द्रित भएको बताइएको छ । यसको बाहिरि डिजाइन बक्सी देखिन्छ ।
यसको अगाडिको भागमा चार्जिङ पोर्ट दिइएको छ भने बडीमा स्लाइडिङ डोर, स्टिल ह्विल, सानो बोनेट र फ्ल्याट रुफ रहेको छ ।


