विश्वमा धेरै बिक्री हुने कार बन्यो ‘मोडल वाई’, यी हुन् टप ५ कार

काठमाडौं । विश्व अटोमोवाइल बजारमा कार बिक्रीले केही रफ्तार लिन सुरु गरेको छ । सन् २०२२ को तुलनामा २०२३ मा १५ प्रतिशतले बजार बढ्ने अनुमान गरिएको छ । यस्तोमा विश्वमा सर्वाधिक बिक्री हुने मोडलका विषयमा चर्चा हुनु स्वभाबिक हो ।

सन् २०२२ को वार्षिक सेयर होल्डर मिटमा टेस्लाका सीईओ इलन मस्कले २०२३ मा टेस्लाको मोडल ‘वाई’ विश्वको सबैभन्दा धेरै बिक्ने कार बन्ने दावी गरेका थिए । मस्कले यसो भनिरहँदा त्यहाँका सेयर होल्डरलाई कति विश्वास थियो होला ।

मस्कले सन् २०२३ को पुरै बिक्री आंकडा अनुसार पहिलो मोडल बन्ने आंकलन गरिएको टेस्ला मोडल वाई पहिलो क्वाटरमै विश्वमै सबैभन्दा धेरै बिक्री हुने कार बन्यो । यति चाँडै पहिलो बन्ने सायद मस्कले सोचेका थिए ।

विश्व अटोमोवाइल इन्डष्ट्रिमै पहिलो पटक न्यू इनर्जी भेहिकल सबैभन्दा बढि बिक्री हुने मोडल बन्न सफल भएको हो । यसले अब विश्व अटोमोवाइल बजार ईभी युगमा प्रबेश गरेको पुष्टी हुन्छ ।

हालै टेस्लाले गरेको मूल्यमा गिरावट र विश्व व्यापीरुपमा स्थापना गरेको उत्पादन प्लान्टले टेस्लाको मोडल वाई पहिलो धेरै विक्ने कार मोडल बनेको हो ।

यस वर्षको पहिलो तीन महिनामा टेस्लाको मोडल वाई २ लाख ६७ हजार २०० यूनीट बिक्री भएको छ । टेस्लालाई पछ्याउदै टोयोटा कोरोला २ लाख ५६ हजार ४०० यूनीट बिक्री सहित दोस्रो धेरै बिक्री हुने मोडल हो ।

टोयोटाको बिक्री चिनियाँ बजारमा २९ प्रतिशत र अमेरिकामा १० प्रतिशतले गिरावट आएको हो । सन् २०२३ को पहिलो क्वाटरमा तेस्रो चौथो र पाँचौ धेरै बिक्री हुने सबै मोडल टोयोटाका छन् । तेस्रोमा २ लाख १४ हजार ७०० यूनिट टोयोटा हाइलक्स बिक्री भएको छ ।

चौथोमा र्याभफोर २ लाख ११ हजार यूनिट बिक्री हुँदा १ लाख ६६ हजार २०० यूनिटसहित टोयोटाकै क्यामरी पाँचौ धेरै बिक्री हुने मोडल बन्न सफल भएको हो ।


Back_to_top