काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल र पेट्रोल मोटरसाइकल बीच कुन राम्रो भन्ने बहस चल्न सुरु भएको दशकभन्दा धेरै भइसकेको छ । लामो सयमदेखि बहस भइरहेको भएपनि ग्राहकले इलेक्ट्रीक मोटरसाइकल प्रयोग बढाउन रुची देखाएका छैनन् ।
आज पनि विश्वभर उत्पादन हुने दुई पाङ्ग्रे सवारीसाधनमा ईभीको हिस्सा नगन्य मात्रै छ । छोटो दुरी यात्रा गर्न होस् वा सहर भित्रको मोविलिटीको लागि निकै लाभदायक भएर पनि इलेक्ट्रीक मोटरसाइकलले ग्राहक आकर्षित गर्न सकिरहेका छैनन् ।
इलेक्ट्रीक मोटरसाइकलको विकास, उत्पादन र प्रवद्र्धन सोचे जस्तो छिटो हुन नसकेपनि अहिले आएर संसारभर रहेका चल्तीका मोटरसाइकल उत्पादकले यसमा काम सुरु गरेका छन् । यहि रफ्तारमा विकास हुने हो भने आगामी दशक विद्युतीय मोटरसाइकलको हुने पक्का छ ।
विश्व अटोमोवाइल क्षेत्र नै विद्युतीयमा परिवर्तन हुन लागेको समयमा इलेक्ट्रीक मोटरसाइकलका फाइदाको विषयमा बहस हुनु आवश्यक देखिन्छ । त्यसैले हामीले इलेक्ट्रीक मोटरसाइकलको प्रयोग गर्दा हुने ५ फाइदाका बारेमा चर्चा गर्नेछौं ।
उच्च पावर
पेट्रोल मोटरसाइकलमा रहेको इन्जिनले पावर जेनेरेट गर्न आरपीएमको लेभल बढ्नु पर्ने हुन्छ । यसमा उच्च पावर जेनेरेट गर्नका लागि उच्च आरपीएममा पुग्नु पर्छ । तर, इलेक्ट्रीक मोटरसाइकलले तुरुन्तै जीरो आरपीएममा नै उच्च पावर जेनेरेट गर्छ ।
मर्मत खर्च कम
पेट्रोल मोटरसाइकलहरु नियमित मर्मत गर्नु पर्ने हुन्छ । यस्ता मोटरसाइकलमा एकदमै धेरै कम्पोनेन्ट तथा पार्टस्हरु हुन्छन् । त्यही कारण मर्मत खर्च धेरै आउने गर्छ । अर्कोतर्फ हरेक २५०० किलोमिटरदेखि ३ हजार किलोमिटरमा इन्जिन आयल परिर्वतन गर्ने, सर्भिसिङ गर्ने गर्दा नियमित खर्च गर्नु पर्ने हुन्छ ।
सामान्यतया पेट्रोल मोटरसाइकल ईभीको तुलनामा ५ गुणा संचालन खर्च धेरै लाग्ने साधन हुन् । यसको मुख्य खर्च पेट्रोलमा हुने गर्छ ।
इलेक्ट्रीक मोटरसाइकलहरुमा पिस्टन, सिलिन्डर, कार्वुरेटर, भल्भ जस्ता धेरै कम्पोनेन्ट हुँदैनन् । थोरै कम्पोनेन्ट हुने कारण यसको मर्मत उतिनै कम हुन्छ ।
इलेक्ट्रीक मोटरसाइकलमा टायर प्रेसर नाप्ने, व्रेक प्याड फेर्ने, ब्रेक आयल र मोटरसाइकल चार्ज गर्ने बाहेकका अन्य धेरै खर्च आउँदैन । यसको ब्याट्री परिवर्तनमा आउने खर्च नै मुख्य खर्च हो ।
कम्फर्ट
पेट्रोल मोटरसाइकलको तुलनामा इलेक्ट्रीक मोटरसाइकलहरु प्रयोग गर्न एकदमै सहज र आरामदायी हुने गर्छ । पेट्रोल मोटरसाइकल चलाउँदा भाइब्रेशन आउँछ, जुन इलेक्ट्रीकमा सून्य हुन्छ ।
ध्वनी र वायु प्रदुषण
विशेष गरेर धेरैजसो चालकले मोटरसाइकलको ठुलो आवाज मन पराउने गर्छन् । तर, यसको प्रत्यक्ष असर प्रकृति र रातको समयमा आफ्ना नजिकको मानिसहरुलाई पर्ने गर्छ । इलेक्ट्रीक मोटरसाइकल ध्वनी र वायु प्रदुषण नगर्ने साधन हो । यसले शान्त सवारीको अनुभव प्रदान गर्छ ।
सुबिधा जनक
छाटो दुरीका लागि पेट्रोल मोटरसाइकल चलाउने चालकका लागि इलेक्ट्रीक मोटरसाइकल निकै सुबिधा जनक हुने गर्छ । यसलाई चलाउनका लागि पेट्रोलपम्ममा पेट्रोल हाल्न कुर्नु पर्दैन । रातको समयमा आफ्नो घरमा नै चार्जमा जोडर कम खर्चमा चलाउन सकिन्छ ।
यसका अलावा इलेक्ट्रीक मोटरसाइकल हजारौं फाइदाहरु खोज्न सकिन्छ । वातावरण मैत्री, वायू प्रदुषण नगर्ने, संचलान खर्च कम, चलाउन सहज हुने, फिचर धेरै हुने, सुरक्षका फिचर धेरै हुने जस्ता फाइदा इलेक्ट्रीक मोटरसाइकलमा हुने गर्छ ।


