टीभीएस एनटर्कको नयाँ भेरियन्ट नेपालमा, यस्ताे छ मूल्य

काठमाडौं । टीभीएस एनटर्क १२५ को नयाँ भर्सन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले एनटर्क सुपर स्क्वाड एडिशन अन्र्तगतको स्पाइडर म्यान भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले २ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेर स्पाइडर म्यान भेरियन्ट सार्वजनिक गरेको हो ।

यो स्कुटरमा स्पाइडर ग्राफिक्सको प्रयोग गरिएको छ भने अन्य फिचरमा परिर्वतन गरिएको छैन् ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले लिमिटेड यूनिटमात्र नेपालमा भित्र्याएको जनकारी दिएको छ । कम्पनीले केही दिनअघि मात्र एनटर्कको ब्लू एडिशन समेत सार्वजनिक गरेको थियो । एनटर्क ब्लू एडिशनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ एनटर्क १२५ 

एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.५ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।

यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।

 


Back_to_top