जापानीज टु–ह्वीलर निर्माता कम्पनी होन्डाले बिगत लामोसमय देखि डियो नामबाट स्कुटर उत्पादन गर्दै आइरहेको छ ।अझ नेपाली बजारमा त एक समय स्कुटर भनेकै डियो हो भनेजस्तो भएको थियो ।
पछिल्ला दिनमा अन्य कम्पनीेपनि आफुलाई स्कुटर सेग्मेन्टमा बलियो बनाउँदै लगेकाले अब बजारमा स्कुटर सेग्मेन्टमा किनै प्रतिस्पर्धा बढेको छ ।
यस्तोमा अर्को जापानीज कम्पनी यामाहालेपनि स्कुटर सेग्मेन्टमा निकै स्टाइलिस स्कुटरहरु उत्पादन गर्दै आएको छ । यामाक ले उत्पादन गर्ने फेसिनो स्कुटर युवा पुस्तामा निकै लोकप्रिय बन्न पुगेको छ ।
हामीले यहाँ यी दुई चर्चित मोडलकोबीचमा केही तुलनाह गर्ने प्रयास गरेका छौं ।
इन्जिन स्पेसिफिकेशन
होन्डाले डियोमा सिङ्गल सिलिन्डर एयरकुल्ड फोरस्ट्रोक इन्जिनको प्रयोग गरेको छ । यसमा दिइएको १०९.१९ सीसी क्षमताको इन्जिनले ७ हजार आरपीएममा ८.११ पीएस पावर उत्पादन गर्छ । त्यस्तै, ५५ सय आरपीएममा ८.९१ एनएमटर्क उत्पादन गर्छ ।
त्यस्तै, यामाहा फेसिनोमा सिङ्गल सिलिन्डर फोरस्ट्रोक भल्भ एओएचसी इन्जिनको प्रयोग गरिएको छ । ११३ सीसी क्षमताको सो इन्जिनले ७५ सय आरपीएममा ७.१ पीएस पावरकासाथै ५ हजार आरपीएममा ८.१ एनएमटर्क उत्पादन गर्छ । इन्जिन स्पेसिफिकेशनको हिसाबले फेसिनोभन्दा होन्डा डियो केहि राम्रो रहेको छ ।
डाइमेन्सन
डियोको लम्बाई १ हजार ७८१ मिलिमिटर रहेको छ भने ७१० एमएम वाइड तथा १ हजार १३३ मिलिमिटर अग्लो रहेको छ । सोही तुलनमा फेसिनो १ हजार ८२५ मिलिमिटर लामो, ६ सय ७५ एमएम फराकिलो तथा १ हजार १२० मिलिमिटर अग्लो रहेको छ ।
ह्वीलवेश
डियोको ग्राउन्ड क्लियरेन्स १५८ मिलिमिटर (एमएम) रहेको छ भने, फेसिनोको १३० मिलिमिटर रहेको छ । ग्राउन्ड क्लियरेन्सको हिसाबमा पनि डियो नै अगाडि देखिएको छ । त्यस्तै, डियो ह्वीलवेश १२ सय ३८ मिलिमिटर रहेको छ भने फेसिनोको १२ सय ७० मिलिमिटर रहेको छ । दुबै स्कुटरमा समान यालोई ह्वीलको प्रयोग गरिएको छ ।
माइलेज
डियोमा ५.३ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको छ । कम्पनीका अनुशार यसले प्रतिलिटर ५५ किलोमिटरसम्मको माइलेज दिने गर्छ भने फेसिनोले प्रतिलिटर ६६ किलोमिटर माइलेज प्रदान गर्छ । होन्डा डियोको तुलनामा फेसिनोको माइलेज उत्कृष्ट रहेको छ ।
कलर
होन्डा डियो विभिन्न ७ कलर अप्सनमा उपलब्ध रहेको छ भने, फेसिनोमा ८ कलर अप्सनमा उपलब्ध रहेको छ ।
अन्य विशेषता
डियोमा एलईडी हेडल्याम्प र इक्वाइलेजर टेक्नोलोजीकासाथै कम्बी ब्रेक सिस्टम रहेको छ । त्यस्तै, माइलेजका लागि ईको–टेक्नोलोजी भएको इञ्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र ड्यूल टोन कलरकासाथै स्पोर्टिङ्ग ग्राफिक्स रहेको छ ।
नयाँ युवापिढीहरूको आवश्यकतालाई ध्यानमा राख्दै यस स्कुटरमा चार्जिङ सकेट, बीएस आईभीई मिसन र अटोमेटिक खुल्ने हेडल्याम्प रहेको होन्डाले जनाएको छ ।
त्यस्तै, फेसिनोमा नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ ।
साथै, सिटकभर ड्यूल टोन कलरको छ, जसले आराम र गुणस्तरलाई झल्काउँछ । यसमा प्रयोग गरिएको ब्लू–कोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ ।
एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायीसमेत छ । बाहिर देशमा स्टाइल र कम्फर्टका लागि यामाहाका स्कुटरलाई सबैभन्दा बढी रुचाइने गरेको छ ।
मूल्य
नेपाली बजारमा होन्डा डियोको मूल्य १ लाख ९५ हजार ९०० रहेको छ भने, फेसिनोको मूल्य २ लाख १ हजार ९०० रुपैयाँ तोकिएको छ ।
निस्कर्ष
दुबै स्कुटरको सबैभन्दा आर्कषक पक्ष भनेको स्टाइल र धेरै कलर भेरिएन्ट हो । मूल्यका हिसाबले निर्णयगर्दा तपाईको पहिलो च्वाइस डियो हुन सक्छ । तर लङ्टममा हुने फिउल खर्चलाई आधारमान्दा फेसिनो उपयुक्त छनोट हुनेछ । इन्जिन पावफुल चाहिनेको लागि डियो उपयुक्त हुने छ भने कलर अप्सन धेरै चाहिनेको लागि फेसिनो उपयुक्त हुनसक्छ ।
यसको अलावा बिक्री पछिको सेवामा दुबै कम्पनीले राम्रै लगानी गरेका छन् भने नेपाली बजारमा यामाहाको तुलनामा होन्डाको रिसेल भ्यालु धेरै आउने गरेको छ । हामीले यति जानकारी दिएपछि कुन किन्ने भन्ने निर्णय तपाईको हो ।

