मन्हिद्राको ‘एडभेन्चर ड्राइभ’ नेपालमा सुरु, २६ गाडी हिडे सगरमाथा वेसक्याम्प

काठमाडौं । भारतीय एसयूभी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राको बहु–चर्चीत एडभेन्चर ट्रिप ड्राइभ ‘महिन्द्रा एडभेन्चर’ नेपालमा पनि सुरु हुने भएको छ । 

यो अन्तर्गतको पहिलो कार्यक्रम नोभेन्बर २२ देखि २७ सम्म नेपालको सुदुरपश्चिमको अति नै रमणीय रारा तालको यात्राबाट सुरु हुनेछ । यस यात्रामा नेपालको अफरोड ड्राइभको मज्जालिदै सुदुरपश्चिमको रमणिय दृष्यहरुको आनन्द लिन सकिनेछ । 

महिन्द्रा एडभेन्चर महिन्द्रा एण्ड महिन्द्राको एक यूनीक एक्पेरिमेन्टल मार्केटीङ्ग युनिट हो । महिन्द्रा एडभेन्चरको सन् २०११ मा उत्पत्तिसँगै संसारवाट केहि दिनलाई गाएब हुने कलामा महिन्द्राले निपूर्णता पाइसकेको छ ।  

स्थापनासँगै प्रत्येक वर्षका सहभागीहरुलाई एक दिनको अफरोड एडभेन्चर होस वा ग्रेट स्केप अथवा धेरै दिनको एक्पिडिसन भारत भित्रको होस् वा बाहिरको लाइफ टाइम ट्रिपको अनुभुति दिन यो एडभेन्चर सफल रहेको छ । 

महिन्द्रा एडभेन्चरले सन् २०१२ मा पहिलो तथा एकमात्र अफरोड ट्रेनिङ्ग एकेडेमी स्थापना गरेको थियो जहाँ चालकलाई अफरोड ड्राइभिङ्गको ट्रेनिङ्ग दिने गरेको छ । महाराष्ट्रको इगतपूरीको पहाडी क्षेत्रमा अवस्थित रहेको यो अफरोड ट्रेनिङ्ग एकेडेमीले मानिसहरुलाई खराव र अफ्टयारो बाटोहरुमा गाडी चलाउन एक्सपर्टहरुद्धारा सिकाउछ । महिन्द्राको उत्कृस्ट एसयूभीद्धारा सिकाइने यस एकेडेमीमा अफरोड ड्राइभ चलाउन उत्सुकहरुलाई राम्रो सिक्ने अवसर मिल्ने छ । यो एकेडेमी ३० एकर्डको क्षेत्रमा फैलिएको छ । 

भारतीय टोली सगरमाथा वेसक्याम्प हिडे

महिन्द्रा एडभेन्चरले आजबाट ‘समीट ड्राइभ अ जर्नी फर अ लाईफ टाइम’  नामको एक्पिडीसन संचालन गरिरहेको छ । काठमाण्डौंबाट सुरु हुने यस यात्रामा २६ वटा महिन्द्राका एसयूभीहरु सगरमाथाको बेसक्याम्पसम्मको यात्रा गर्ने छन् । 

संसारको छानोको  नामले चर्चीत तिब्बत तर्फबाट लाशा हुँदै सगरमाथाको बेसक्याम्पसम्मको यो यात्रा एकदमै रमाइलो तथा  लाइफ टाईम एक्पिरीयन्स हुने छ । भारतको समुन्द्री सतहको लेवलमा बसिरहेका सहभागीहरुलाई यस यात्रामा ५ हजार मीटरका पासहरु पार गर्नुपर्ने भएकोले विस्तारै एक्लमाइजेसन गराउदै अघि बढ्ने कुरा यस यात्रालाई संयोजन गरिरहेको स्यक्रेट समिटका रबि थापाले बताए । 

काठमाडौको बौद्धबाट आज बिहान सुरु भएको यस यात्रा केरुङको नाकाबाट लासा हुँदै सगरमाथा वेसक्याम्पमा पुग्ने छ । भारतका २६ चालक सहित ५७ जना सहभागी रहेको यस यात्रामा नेपाल र भारमा देब्रेपटिबाट सवारी चलाइरहेका चालकलाई केरुङको मितेरी पुल तर्ने बित्तीकै दाहिने पटिबाट सवारी चलाउन सुरुमा केहि असहज हुन सक्छ । सगरमाथा बेसक्याम्प पुगेर फर्कने १२ दिनकोे यस एक्पीडिसनको लागि बषौंदेखि प्रतिक्षा गरिरहेको कुरा सहभागीहरूले बताए ।


Back_to_top