काठमाडौं । नेपाली बजारमा मात्र नभइ विश्वभरनै एसयूभी सेगमेन्टका सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ ।
नेपाली एसयूभी उपभोक्ताहरुले सस्तो मूल्यमा धेरै भन्दा धेरै विशेषता भएका गाडी खोज्ने गरेका छन् । यस्तोमा उनिहरुलाई मध्येनजर गर्दै नेपाली बजारमा आएका सनरुपसहित एसयूभीको बिषय यहाँ उल्लेख गर्न खोजिएको छ ।
पछिल्लो समय भारतीय उपभोक्तोको रोजाइमा पनि सनरुफ विशेषता भएको कार खोज्ने गरेका छन् ।
केही वर्षअघिसम्म सनरुफ विशेषता भएको कार जर्मन कारमा मात्र पाइन्थ्यो जुन निक्कै महगो हुने गथ्र्यो । तर अहिले समय बदलिएको छ । यहाँ उल्लेख गरिएका ४ वटै एसयूभी भारतीय बजारमा उत्पादन भएका हुन् । अन्य मूलुकमा निर्माण भएका थुप्रै सनरुपसहित एसयूभी नेपाली बजारमा रहेको छन् ।
हुन्डाई क्रेटा

हुन्डाईको चर्चित एसयुभी क्रेटामा सनरुफ विशेषतासहित बजारमा बिक्री भइरहेको छ । हुन्डाई क्रेटा १.५ लिटर डिजेल इन्जिन, १.६ लिटर डिजेल र १.६ लिटर पेट्रो इन्जिनमा उपलब्ध रहेको छ । हुन्डाई क्रेटाको टप भेरियन्टमा इलेक्ट्रीक सनरुफ रहेको छ ।
महिन्द्रा एक्सयुभी५००

महिन्द्राको पावरफुल एसयुभी एक्सयुभी५०० मा २.२ लिटर डिजेल इन्जिनमा दिइएको छ । यो गाडीले १ सय ५३ बीएचपी पावर र ३ सय ६० एनएम टर्क दिन्छ । महिन्द्रा एक्सयुभी५०० को डिजेल भेरियन्टमा सनरुफ विशेषता उपलब्ध रहेको छ ।
होन्डा डब्लूआरभी

होन्डाले आफ्नो क्रसओभर एसयुभीमा इलेक्ट्रीक सनरुफ राखेको छ । होन्डा डब्लूआरभी पेट्रोल तथा डिजेल भेरियन्टमा उपलब्ध छ । १.२ लिटर पेट्रोल इन्जिन रहेको यो एसयुभीले ९० बीएचपी पावर र १ सय १० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर डिजेल इन्जिनले १ सय बीएचपी पावर र २ सय एनएम टर्क दिन्छ ।
फोर्ड इकोस्पोर्ट

फोर्डले इकोस्पोर्ट ३ इन्जिन अप्सनमा उपलब्ध गराएको छ । १.५ लिटर डिजेल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर पेट्रोल इन्जिन रहेको छ । फोर्डको १ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन र डिजेल इन्जिनको टप मोडलमा इलेक्ट्रीक सनरुफ उपलब्ध रहेको छ ।


