काठमाडाै । नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो ।
कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले मागेजति तेल पाउने निगमले जानकारी दिएकाे छ ।
‘इन्धन आपूर्ति सहज हुँदै गएकाले आजबाट कोटा प्रणाली हटाइएको छ । मागे जति तेल दिन हामीले पेट्रोल पम्पहरुलाई निर्देशन दिएको निगमले जनाएको छ ।
इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।
त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो ।

