काठमाडौं । विद्युतीय कार उत्पादन र खोजमा विश्वकै ठूलो देश चीनमा सयौंको संख्यामा ईभी उत्पादक कम्पनी संचालनमा छन् । विश्कै ठूलो कार बजारमा वार्षिक २ करोड १५ लाखभन्दा बढी ईभी बिक्री हुन्छ ।
जसरी चीनमा ईभीको उत्पादन र बिक्री बढी रहेको छ, त्यसरी नै चिनियाँ बजारका तथ्यांकलाई लिएर संसय पैदा हुने गरेको छ । हालै, एक यूटुबरले सार्वजनिक गरेको भिडियोमा नयाँ ईभीहरु ‘ग्रेभयार्ड’मा फालिरहेको दृष्यहरु देखाइएको छ ।
यूटुबर विन्स्टन स्टजेलले ती गाडी बिक्री संख्या देखाएर सरकारी अनुदान लिन कम्पनीहरुले फ्याँकेको दावी गरेका छन् ।
चीन सरकारले उत्पादनमा आधारित रहेर दिने अनुदान लिन वा राम्रो उत्पादन र बिक्री संख्या देखाएर पुँजी वृद्धि गर्न क्रममा लगानीकर्तालाई आकर्षण गर्न धेरै ईभी उत्पादन गरेको र फ्याँकेको हुन सक्ने उनले अनुमान गरेका छन् ।
पूर्वी चाइना स्थित झेजीयाङमा खिचिएको भनिएको ड्रोन फुटेजका अनुसार ठूलो चउरमा हजारौ संख्यामा ईभीहरु फालिएका देखिन्छ । त्यहाँ छोडिएका ईभीका सिटमा प्लास्टीक र्याप गरिएको र चम्कीला स्कृनहरु देख्न सकिन्छ । साथै, गाडीको वरिपरि धेरै मात्रामा घाँसहरु उम्रिएका छन् । ती घाँसले गाडीलाई नै छोप्न लागे जस्तो देखिएको छ ।
सन् २०१८ मा पनि साउथ चाइना पोष्ट र दी एट्लान्टीकले संघाइमा यस्तै खाले साइकलको ‘ग्रभयाड’ रहेको रिपोर्ट प्रकाशित गरेका थिए । उक्त रिपोर्टमा पहाड जत्रो नयाँ साइकलको ‘ग्रेभयार्ड’ तयार भएको थियो । उक्त समय चीन सरकारले साइकलमा उत्पादनको आधारमा अनुदान दिदै आएको थियो ।


