काठमाडौं । बजाज पल्सर एनएस १६० र २०० को बीएस ६ भर्सन नेपालमा विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले बजाजको नयाँ भर्सन पल्सर एनएस सिरिज सार्वजनिक गर्ने भएको हो ।
गत वर्ष ब्राजिलमा डोमिनार १६० र २०० को नाममा सार्वजनिक भएको पल्सर एनएस केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको थियो ।
बजाज नेपालले आफ्नो आधिकाकिर सोसल मिडियाहरुमा अपसाइड डाउनको प्रचार प्रसार सुरु गरिसकेको कारण अपसाइड डाउन फिचर सहितको पल्सर एनएस सिरिज ल्याउने अनुमान गरिएको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एनएस १६० र २०० को नयाँ भर्सन साउनको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी गरेको हो ।
बजाजले दुवै मोटरसाइकलमा ३३ एमएमको यूएसडी फर्क दिइएको छ भने ब्रेक एन २५० बाट लिएको छ । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ । बजाजले प्रयोग गर्दै आएको बाइब्री क्यालिपरलाई ग्रिमिका क्यालिपरले रिप्लेस गरेको छ ।
अन्य फिचरमा दुवै मोटरसाइकलमा गियर पोजिशन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील दिएको छ ।
बजाज पल्सर एनएस २०० बीएस ६ को मूल्य ४ लाख २४ हजार ९०० र एनएस १६० बीएस ६ को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्ने कम्पनीले तयारी गरेको हो ।


