काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीका सीईओ भाविष अग्रवालले ट्वीटमार्फत नयाँ स्कुटर ल्याउने जानकारी दिएका हु्न।
कम्पनीले जुलाई ५ मा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने मिति तय भएको उनले बताए । ‘जुलाइमा हामीले नयाँ इलेक्ट्रीक स्कुटर ल्याउँदै छौं, यसले आइसीई इन्जिन स्कुटरको युग समाप्त गर्नेछ’ अग्रवालले ट्वीटरमा लेखेका छन् ।
हाल कम्पनीको प्रोफाइलमा एस वान प्रो र एस वान रहेको छ ।
नयाँ आउने स्कुटरको बारेमा जानकारी बाहिर आएको छैन । धेरैले पुरानै मोडलको टुरर स्कुटर आउने अनुमान गरेका छन् ।
ओलाले भारतमा हालै मात्र स्कुटरको मूल्य वृद्धि गरेर एस वान प्रोको मूल्य १ लाख ४० हजार र एस वानको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ पुर्याएको छ । कम्पनीले एस वान स्कुटरमा दुई किलोवाट तथा ४ किलोवाट क्षमताको ब्याट्री हटाएर ३ किलोवाट क्षमताको ब्याट्री प्रयोग गर्न सुरू गरेको छ ।
नेपालमा अझै अन्योल
गत असोजमा नाडाले नेपालमै पहिलो पटक आयोजना गरेको नाडा इभी शोमा ओलाका स्कुटर प्रर्दशनि गरिएको थियो । सीजी मोटर्सले नेपाल भित्र्याएको ओला नेपाल आएको एक वर्ष बित्नै लाग्दासम्म कम्पनीले यसको विक्री सुरू गरेको छ ।


