हुन्डाई भेन्यूमा ६ फरक ड्राइभिङ मोड र एडास फिचर थप

काठमाडौं । हुन्डाईले भेन्यू एसयूभीमा ६ ड्राइभिङ मोडल दिएको छ । कम्पनीले यसलाई फरक बाटोमा पनि सहजै चलाउन सकियोस् भनेर ६ ड्राइभिङ मोड उपलब्ध गराएको हो ।

कोरियन निर्माताले भारतमा मात्रै ४ मिटरभन्दा केही मिलिमिटर छोटो साइजमा भेन्यू उत्पादन गर्दै आएको छ । भारत सरकारले ४ मिटरभन्दा छोटो गाडीको उत्पादनमा केही सहुलियत दिएको कारण सानो साइजमा उत्पादन भएको हो । तर, यूरोप, अमेरिकी र अन्य एशियाली बजारमा ४०४० एमएम लम्बाई भएको भेन्यू बिक्री हुँदै आएको छ ।

हुन्डाईले सफल एसयूभी भेन्यूमा फिचर थप गरेको छ भने कलर पनि नयाँ थपेको छ । केही दिनअघि कम्पनीले ताइवानमा ‘स्मार्टसेन्स एड्भान्स ड्राइभर असिस्ट सिस्टम’ (एडास) फिचर थप गरेर भेन्यूको बिक्री सुरु गरेको हो ।

हुन्डाईले ताइवानको लागि अक्फोर्ड ग्रिन, लण्डन रेड जस्ता आकर्षक नयाँ कलरमा भेन्यूलाई बजारमा उतारेको छ । नयाँ कलरसँगै यसअघि भएका रेगुलर कलर पनि उपलब्ध छन् ।

कलरको अलावा भेन्यूको टेलगेट आर्ममा ब्रिटेनको थ्रिडी झण्डाको ब्याच दिएको छ । यो झण्डाको संकेत गाडी भित्र रहेको सिट कभरमा समेत दिएको छ । लेदर र वुल मेटेरियलले बनाइएको सिट कभरमा दिएको ब्रिटिस झण्डाले ब्रिटिस स्टाइल मनपराउने ताइवानी ग्राहकलाई लोभ्याउने छ ।

हुन्डाईले ताइवानी स्पेकको भेन्यूमा १.६ लिटरको ४ सिलिण्डर, पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२० हर्सपावर र १५४ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

हुन्डाईले यसमा ह्वील पनि १७ इन्चको प्रयोग गरेको छ ।


Back_to_top