काठमाडौं । टाटाको इलेक्ट्रीक एसयूभी नेक्सन म्याक्सको मूल्य २ लाख ५० हजार रुपैयाँले बढेको छ । सरकारले कर वृद्धि गरेसँगै कम्पनीले यसअघि ४६ लाख ४९ हजार मूल्य तोकेर बिक्री सुरु गरेको म्यासको मूल्य २ लाख ५० हजारले बढाएर ४८ लाख ९९ हजार बनाएको हो ।
यसअघिको ४६ लाख ४९ हजार रुपैयाँ मूल्यमा नेक्सन म्याक्स किन्ने ग्राहकले मूल्यको २० प्रतिशतले हुन आउने ९ लाख २९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्थ्यो । अब नयाँ मूल्य अनुसार ९ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।
पुरानो मूल्य अनुसार मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ३७ लाख १९ हजार २०० रुपैयाँ कर्जा लिए पुग्थ्यो । तर, नयाँ मूल्य अनुसार ३९ लाख १९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्छ । पुरानो मूल्य अनुसार ७ वर्ष भित्र किस्ता तिर्नेगरी म्याक्स किन्दा मासिक ६७ हजार ६६० रुपैयाँ तिर्नु पथ्यो । नयाँ मूल्य अनुसार मासिक ७१ हजार २९७ रुपैयाँ किस्ता तिर्नुपर्छ ।
यस्तो छ नेक्सन म्याक्स
नेक्सनको लङ रेन्ज मोडल नेक्सन म्याक्स ईभीमा १०० किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड दिइएको म्याक्समा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।


