काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्टार्टअप कम्पनी नियोले सेमी सोलिड स्टेट ब्याट्री भएको एसयूभी तयार गरेको छ । कम्पनीले आफ्नो ‘इएस-६’ एसयूभीमा सेमी सोलिड स्टेट ब्याट्री दिएको हो ।
नियोले हालै मात्र ‘इएस-६’को युजर म्यानुअल सार्वजनिक गर्दै नयाँ टेक्नोलोजीको ब्याट्रीका बिषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार ‘इएस-६’ एसयूभीमा १५० किलोवाट आवरको ब्याट्री प्याक रहेने छ । यसको कुल तौल ५७५ केजी छ ।
नयाँ ब्याट्रीको इनर्जी डेन्सीटी ३६० वाटआवर प्रति केजी रहेको जनाइएको छ । यो नयाँ प्रविधीको सेमी सोलिड स्टेट ब्याट्री वेइजीङ वीलायन न्यू इजर्नी टेक्नलोजी कम्पनीको सहायक कम्पनी हुजाउ वीलायन नामको कम्पनीले बनाएको हो ।
१५० किलोवाट आवरको ब्याट्री प्याकमा ३८४ वटा सेल रहेका छन् । यसको रेटेड भोल्टेज ३.३१ भोल्ट तथा रेटेड क्यापासीटी ११० एम्पीयर हुनेछ । यो नयाँ टेक्नलोजीको व्याट्री प्याकको साइज २०६२ एमएम लम्बाई, १५३९ एमएम चौडाई र १८५.६ एमएमको उचाई रहने छ ।
नियोले ‘टनेरी लिआयोन’ नाम भएको यो ब्याट्री प्याक इएस-६ एसयूभीमा प्रयोग गर्ने छ । यो एसयूभीको रेन्ज एक पटकको फुल चार्जमा ९३० किलोमिटर हुने कम्पनीको दावी छ । कम्पनीले यसको मूल्य ५२ हजार डालर तोकेको छ ।


