काठमाडौं । अफरोड ड्राइभिङको लागि महिन्द्रा थार उत्कृष्ट मानिन्छ नेपाली बजारमा थार चाहनेले सजिलै खरिद गर्न सक्नेछन् । यस्तोमा अफरोड कारको रुपमा सुजुकीले भारतीय बजारमा जिम्नी सार्वजनिक गर्ने तयारी गरेको छ ।
भारतीय बजारमा सार्वजनिक भएसँगै त्यो कार नेपाली बजारमा आउने सम्भावना निकै धेरै रहन्छ । अफरोड मोडल मन पराउँने ग्राहकलाई नेपाली बजारमा पहिलादेखि नै रहेको महिन्द्रा थार र नयाँ आउँदै गरेको जिम्नीमा कुन उपयूक्त छ, भन्ने विषयमा हामीले इन्जिन, पफर्मेन्स, फिचर्सको हिसाबमा कुन उत्कृष्ट भन्ने विषय केलाउने प्रयास गरेका छौं ।
स्पेशिफिकेशन
सुजुकी जिम्नीको लम्बाई ३ हजार ३ सय ९५ एमएम रहेको छ भने, थार ३ हजार ७ सय ६० एमएम रहेको छ । त्यस्तै जिम्नीको चौडाई १ हजार ६ सय ४५, उचाई १ हजार ७ सय २५ एमएम रहेको छ । त्यसैगरी थारको चौडाई १ हजार ७ सय २६ र उचाई १ हजार ९ सय ३० एमएम रहेको छ ।
महिन्द्रा थारको ह्वीलबेस २ हजार ४ सय ३० एमएम रहेको छ । त्यस्तै जिम्नीेको ह्वीलबेश भने २ हजार २ सय ५० एमएम रहेको छ । जिम्नीमा ४ सिट क्षमता रहेको छ भने थारमा ६ सिट उपलब्ध छ । डायमेन्सनको हिसाबमा महिन्द्रा थार जिम्नी भन्दा ठुलो रहेको छ ।
इन्जिन
मारुती जिम्नीमा १.५ लिटर पेट्रोल इन्जिन उपलब्ध छ । यसले १०२ पिएस पावरका साथै १३० एनएम टर्क उत्पादन गर्छ । त्यस्तै महिन्द्रा थारमा उपलब्ध २.५ लिटर डिजेल इन्जिनले १०५ पिएस पावरका साथै २४७ एनएम टर्क उत्पादन गर्छ । अफरोडमा गाडीको पावर भन्दा टर्क निकै महत्वपूर्ण हुन्छ ।
जिम्नीमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै ४ स्पिड अटोमेटिक ट्रान्समिसन लगाइएको छ, भने थारमा ५ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ । इन्जिन पावर कम भएपनि जिम्नीले थार बराबरको पावर जेनेरेट गर्ने क्षमता राख्छ ।
अफरोडको क्यापासिटी
ग्राउन्ड क्लियरेन्सको हिसाबमा थारभन्दा जिम्नी उत्कृष्ट देखिन्छ । जिम्नीको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम रहेको छ भने, थारको २०० एमएम मात्र रहेको छ । जिम्नीको अप्रोचएगंल ३७ डिग्री रहेको छ भने, थारको ४४ डिग्री रहेको छ । त्यस्तै जिम्नीको ब्रेकओभर २८ डिग्री, डिपार्चर एग्गल ४९ डिग्री हुँदा थारको ब्रेक ओभर १५ डिग्री तथा डिपार्चर एग्गल २७ डिग्री रहेको छ ।
डायमेन्सनको आधारमा जिम्नीको डिपार्चर एग्गल, ग्राउन्ड क्लियरेन्स, थारको भन्दा बढी रहेको छ । अफरोडको लागि दुबै एसयुभीमा टाइप स्टेयरिङ्गको साथै लो रेन्जगियर बक्स दिइएको छ । साथै, जिम्नीमा ब्रेक एलएसडी ट्याक्सन कन्टोल रहेको छ ।
विशेषता
महिन्द्रा थारमा सुरक्षालाई मध्यनजर गर्दै डबल एयर ब्याग, एबीएस तथा ईबीडीको विशेषता दिइएको छ । जिम्नीमा ६ एयरब्याग, ब्रेक असिस्ट, ट्राक्सशन कन्ट्रोल, हिललन्च असिस्ट, हिल डिसेन्ट, अटोनोमोस इमर्जेन्सी बे्रकिङ्ग तथा लेन डिपार्चर लगायतका विशेषता दिइएको छ ।
साथै, यसमा एलइडी हेडल्याम्प्स, डिआरएलएस अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुश बटन स्टार्टको साथै ७ इन्च इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ । यसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।
निष्कर्ष
एड्भेन्चर फिलको लागि महिन्द्रा थार उत्कृष्ट रहेको छ । कन्भर्टेबल एसयूभीमा हुनुपर्ने सबै फिचर रहेको थार पहिलो रोजाई हुन सक्छ । थारमा उपलब्ध सुरक्षा फिचर भन्दा बढी फिचर रहेको जिम्नी एसयूभीको रुपमा उत्कृष्ट रहेको छ ।
रोड पफर्मेन्सको लागि दुबै कार निक्कै राम्रो रहेका छन् तर दैनिक प्रयोजनको लागि जिम्नी छनौट गर्दा उचित हुने छ । यदि तपाई एड्भेन्चर गाडीको खोजीमा हुनुहुन्छ भने थार उत्कृष्ट हुन सक्छ ।
अहिले नेपाली बजारमा थार उपलब्ध रहेको छ भने, जिम्नी नेपाल आउने वा न आउने अझै टुङ्गो लागेको छैन ।


