होन्डाले ३०० सीसी सेग्मेन्टमा क्रुज बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । रिबेल ३०० नामबाट आउने होन्डाको क्रुज बाइक २०२० को सुरुवातमा बजारमा आउने होन्डाले जनाएको छ ।
कम्पनीले यो बाइकको उत्पादन भारतीय बजारमा गर्ने जनाएको छ । सुरुमा अमेरिकी बजारलाई ध्यानमा राखेर निर्माण गर्ने भनिएको यो बाइक अब भारतीय बजारमा उत्पादन हुने भएको छ ।
रिबेलमा कम्पनीले २८६ सीसी लिक्विड कुल्ड सिंगल सिलेन्डर इन्जिन दिने अनुमान गरिएको छ । जसले २७.३ पीएस पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिने छ ।
कम्पनीले यसलाई रिबेल ५०० को नामलेपनि उत्पादन गर्ने जनाएको छ । ४७१ सीसी इन्जिनमा उत्पादन हुने यो बाइकमा ४७१ सीसी क्षमताको इन्जिन दिने छ, जसले ४५.९ पीएस पावर र ४५ एनएम टर्क उत्पादन गर्ने छ ।
मिडिया रिपोर्टका अनुसार यो क्रुज बाइक रेट्रो स्टाइलमा आउने छ । कम्पनीले यसलाई ग्राहकले आफ्नो इच्छा अनुसार कस्टमाइज गर्न सक्ने सुविधा उपलब्ध गराउने छ । यसमा फराकिलो हेन्डलबार र लो स्लग सिट दिने छ ।
यसको मूल्यको विषयमा कम्पनीले कुनै जानकारी अहिलेसम्म दिएको छैन ।

