४७ जान यात्रु बोकेको बोइङ समुन्द्रमा क्रयास ल्यान्डिङ भएपछि…

एयर न्यूगिनीको विमान क्रयास ल्याण्डिङ गरिएको छ । एयरपोर्ट नजिकै रहेको समुन्द्रमा क्रयास ल्यान्डिङ गरिएको जहाजमा सबैयात्री सकुसल रहेका छन् ।  

उक्त क्रयासल्यान्डिङ पछि दर्जनौ प्यासेन्जरले पौडिएर आफ्नो ज्यान बचाएका थिए । विमानले रनवे मिस गरेर पानीमा क्रयास ल्याण्डिङ गर्न पुगेको थियो । यो घटना प्यासिफीक ओसीयनको बीचमा रहेकोे माइक्रोनेशीयन टापूमा भएको हो । 

पपुवान्यूगीनीको राष्ट्रिय एयरलायन्स एयर न्यूगीनीको फ्लाईट ‘पीएक्स ०७३’ शुक्रबार  प्यासीफिक ओसियनमा क्रयास ल्याण्डिङ गरेको हाे । जहाजमा ३५  जना पेसेन्जर र १२ जना चालकदलका सदस्यहरु सहित ४७ जना सवार  थिए । 

बोइङ ७३७ जहाज क्रयास ल्याण्डिङ पछि पानीमा तैरिएको थियो ।

जहाजमा सवार सबै ३५ जना यात्रीको सकुसल उद्धार गरिएको छ भने चालकदलका सबै १२ सदस्य पनि सकुसल रहेका छन् । 

यो जहाज १३ वर्ष पूरानो तथा पहिला जेट एयरवेज तथा एयर इन्डिया एक्प्रेसले संचालन गरेको जहाज भएको जनाइएको छ । प्रारम्भिक रिपोर्टहरुका अनुशार जहाजले ल्याण्डिङको क्रममा रनवे मिस गर्दै ओभरसुट गरेर एयरपोर्ट नजिकैको समुन्द्रमा क्रयास ल्याण्ड भएको हो । 

 यस जहाजले ल्याण्डिङको क्रममा सुरुको रनवे मिस गरेर ५०० मिटर जतीको रनवेमा मात्र ल्याण्ड गरेको थियो । 

क्रयास ल्याण्डिङपछि जहाज भित्र पानी छिरेर यात्रीको कम्मर सम्म डुबेको थियो । आफ्नो जीवन रक्षाका लागि यात्रीहरुले पौडी खेल्नु परेको जनाइएको छ ।  दिनको समयमा यो दुर्घटना भएको कारण स्थानीय माझीका साना डुङ्गाहरुले जहाजका यात्रीहरुलाई किनारासम्म पुर्याएका थिए । यति ठुलो क्रयास ल्यान्डिङमा कुनैपनि यात्रीलाई ठूलो चोटपटक लागेको छैन । 

दुर्घटनाको वास्तविक कारण थाहा नभएता पनि ल्याण्डिङको अन्तिम समयमा ठूलो पानी परेर मौसममा खरावी आएको अधिकारीहरुले बताएका छन् । जसको कारण जहाज रनवेमा नरोकिई अगाडिको समुन्द्रमा खसेको जनाईएको छ । 

दुर्घटना भएको चुअक एयरपोर्टको तीनतिर समुन्द्र रहेको छ । नर्थ प्यासीफिकका साना एयरपोर्टहरु जस्तै यसको रनवेको लम्बाई १८३१ मिटर रहेको छ । यस जहाजले ल्याण्डिङको क्रममा सुरुको रनवे मिस गरेर ५०० मिटर जतीको रनवेमा मात्र ल्याण्ड गरेको थियो । 

यस अघिपनि अमेरिकाको न्यूयोर्क सहरमा उडिरहेको जहाजको दुईवटै इन्जिनमा चरा ठोकिएर इन्जिन बन्दभई हड्सन रिभरमा फोर्स ल्याण्डिङ गरिएको थियो । यसलाई आधुनिक एभिएसन इतिहासमा सवभन्दा सफल फोर्स ल्याण्डिङ घटनाले चिनिन्छ ।  

यस्तो छ विगत ‘मिराकल इन हड्सन’ 

सन् २००९ को जनबरी १५ मा युएस एयरको फ्लाईट नं १५४९ जसको कलसाईन ‘क्याक्टस १५४९’  अमेरिकाको न्यूयोर्कको लग्वाडियर एयरपोर्टबाट उडेको केहि मिनेटमै चराको झुण्डसँग ठोकिएको थियो । चरा ठोकिएको एयरबस ए३२० को दुवै इन्जिनमा आगो लाग्नगई आकाशमा इन्जिन भएको थियो । त्यस समयमा जहाजमा १५५ जना सवार रहेका थिए र चरासँग ठक्कर खाँदा जहाज जम्मा २८१८ फिटमा पूगेको थियो । तलबाट उडेको स्पिडले गर्दा जहाज इन्जिन पावर बिनै ३६०० फिटसम्म पुग्छ र जहाज ग्लाइड हुन थाल्छ । 

इन्जिन बीनाको ३६०० फिटमा उडिरहेको जहाज जमिनमा सुरक्षित ल्याण्ड गर्न उनीसँग जम्मा २ वटा अवसर रहेको थियो । 

जहाजको कमाण्डमा थिए अनुभवि क्याप्टेन चेस्ली सुलीनबर्गर (सुली) जोसँग ४० बर्षको युएस एयरफोर्सको फाइटर जेट तथा कमर्सियल जेटको १९ हजार ६६३ घन्टाफाईङ एक्पीरीयन्स थियो । 

इन्जिन बीनाको ३६०० फिटमा उडिरहेको जहाज जमिनमा सुरक्षित ल्याण्ड गर्न उनीसँग जम्मा २ वटा विकल्प रहेको थियो । पहिलो उनि उडेको लग्वाडियर एयरपोर्टमा फर्कने र दोस्रो न्युजर्सीको टिटरबुरो एयरपोर्टमा ल्याण्ड गर्ने । तर उनको जहाजको उचाई र सबभन्दा नजिक रहेको दुईवटै एयरपोर्टको दुरी हिसाब गर्दा कुनै पनि एयरपोर्टमा ल्याण्ड गर्न नसकिने उनले निक्र्योल गरे किनकी जहजको दुवै इन्जिन बन्दभएर पावरलेस भैसकेको थियो । 

क्याप्टेन सुलीले सुझबुझका साथ जहाजलाई नजिको हड्सन रिभरमा फोर्सल्याण्ड गर्ने निर्णय गरे । जमिनबाट उडेको केहि मिनेटमै बीच आकाशमा चरासँग ठोकिएको २०८ सेकेन्डमा क्याक्टस १५४९ हड्सन रिभरमा सक्सेसफुल फोर्स ल्याण्ड भएको थियो । 

यो घटना एभिएसन इतिहासमा नै पहिलो पटक कमर्सियल जेट यति थोरै उचाइबाट पानीमा फोर्स ल्याण्डिङ भएको थियो, अझ अचम्मको कुरा आकाशबाट २३० किलोमिटर प्रति घण्टाको गतिमा हड्सन रिभरमा ल्याण्डिङ हुँदा पनि सबै यात्रु तथा क्याविन कु्रहरु सकुसल रहेका थिए । अर्थात यो दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु परेन । 

दुर्घटनाको लगतै अमेरिकी ‘नेसनल ट्रान्पोटेसन सेफ्टी बोर्ड’ ले अनुशन्धान गरेर निकालेको रिपोर्टमा क्याप्टेन सुलीले नजिकको दुवै एयरपोर्टमा ल्याड गर्ने प्रयास गरेको भए भयानक दुर्घटना हुनगई सबै १५५ जना यात्रुहरुको मुत्यु हुनसक्ने थियो , उनले हड्सनमा ल्याण्ड गर्ने डिसीजन एकदमै सहि समयमा लिएको भनि उनलाई सम्मान गरेको थियो ।   

सायद सो समयमा हड्सन रिभरको पानीको तापक्रम माइनस ७ डिग्री सेन्सीग्रेड भएर पनि हुन सक्छ कि यस्तो खालको फोर्स ल्याण्डिङमा पनि जहाजमा आगो लागेन । प्रायजसो जहाज दुर्घटनामा जहाजमा तुरुन्तै आगो लागेर धेरै मानविय क्षती हुने गरेको छ । 


Back_to_top