काठमाडौं । टाटा टिगोरको स्पेशल एडिसन आगामी अक्टोबर १० मा भारतीय बजारमा सार्वजनिक हुने भएको छ । टाटा मोटर्सको प्रेसिडेन्ट मायाङ्क परीकका अनुसार टिगोर वेस मोडल चाडपर्वको अवसर पारेर अक्टोबर १० मा सार्वजनिक हुनेछ । कम्पनीका अनुसार नयाँ मोडल जेटीपी भेरियन्टमा आधारित छैन ।
टाटा मोटर्सले केही समयअघि मात्रै सार्वजनिक गरेको ‘टाटा नेक्सन क्रज’ जस्तै स्पेशल एडिसन टाटा टिगोरमा यूनिक स्टाईलका साथै केही विशेषताहरू थप गरिएको छ । गत जुनमा कम्पनीले ‘लिमिटेड एडिसन टिगोर बज’ सार्वजनिक गरेको थियो । जुन मोडलमा बेरी रेड हाइलाइट गरिनुका साथै ग्लोसी व्ल्याक रुफ र्याप राखिएको थियो । यस गाडीमा पनि उही डिजाइन र विशेषता प्रयोग भएको छ । यस गाडीमा पियानो व्ल्याक ट्रिम र बेरी रेड हाइलाइट गरिएको छ । यो एक्सइ ट्रिममा आधारित छ भने एक्सटी भेरिएन्टमा उपलब्ध छ ।
टाटा टिगोरको स्पेशल एडिसनमा मेकानिकल्ली परिवर्तन गरिएको छैन । सव–४ मिटरको यो सेडानमा २ वटा इन्जिनको विकल्प दिइएको छ । जसमा १.२ लिटर रिभोट्रोन पेट्रोल र १.०५ लिटर रिभोटर्क डिजेल इन्जिन छन् । पेट्रल इन्जिनमा थ्री सिलिन्डर यूनिट इन्जिन लगाइएको छ जसले ८५ पीएस पावरका साथै ११४ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, थ्री सिलिन्डर डिजेल इन्जिनले ७० पीएस पावरका साथै १४० एनएम टर्क उत्पादन गर्छ । यस गाडीमा प्रयोग गरिएको दुवै इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ ।
भारतीय बजारमा टाटा टिगोर मार्च २०१७मा सार्वजनिक भएको थियो । टियागो आधारित रहेको सब–४ मिटर सेडानले महिनामा औसत २ हजार ३९२ यूनिट विक्रि गरेको छ ।
बजारमा टाटा टिगोरले ५ लाख ६ हजार भारतीय रुपैयाँमा पेट्रोल रेन्ज र ५ लाख ९४ हजार भारतीय रुपैयाँमा डिजेल रेन्जको विक्री सुरु गरेको थियो । आगामी वर्ष सार्वजनिक हुने स्पेशल एडिसन टाटा टिगोरको मूल्य अहिलेको मोडलको भन्दा केही महंगो हुनेछ ।

