उदार मालिक, जसले उपहारमा कर्मचारीलाई दिए मर्सिडिज बेन्ज

गुजरातका प्रसिद्ध हिरा ब्यापारी साबजी ढोलकिया आफ्ना कर्मचारीहरुलाई महंगा उपहार दिने मामलामा निकै उदार रहेका छन् । आफ्ना कर्मचारीलाई उनि हरेक वर्ष केहि न केहि महंगा उपहार दिने गर्छन् । 

दि इकोनोमिक टाइम्सका अनुसार उनले आफ्ना तीन जना कर्मचारीलाई एक करोड भारतीय रुपैयाँ पर्ने मर्सिडिज बेन्ज उपहारमा दिएका छन्। उनले आफ्नो कम्पनीमा २५ वर्ष बिताएका तीनजना कर्मचारीलाई मर्सिडिज उपहार दिएका थिए।

आफ्नो जीवनको महत्वपुर्ण समय कम्पनीलाई दिएका ‘उनीहरु १३ देखि १५ वर्षको उमेरमा नै यस कम्पनीमा काम गर्न सुरु गरेका थिए । 

ढोलकिया भन्छन् ‘उनीहरुले हिरा काट्ने र पालिस गर्ने सिप यहि आएर सिके र अहिले उनिहरु यहाँका बिज्ञ हुन् साथै बिश्वासिला कर्मचारी पनि ।’

गुजरातको सुरतमा भब्य समारोह आयोजनागरी गुजरातका पूर्व मुख्यमन्त्री तथा मध्यप्रदेश गभर्नर आनन्दीबेन पटेलको हातबाट ति कर्मचारीलाई उपहार प्रदान गरिएको थियो। उनले यसअघि कर्मचारीलाई ५ सयवटा फ्ल्याट दिएका थिए। यसैगरी सन् २०१४ मा ५ सय २५ पिस हिराका गरगहना र २०० वटा फ्ल्याट कर्मचारीलाई दिपावली बोनसका रुपमा दिएका थिए।  

सन् २०१५ मा उनले १ हजार २६८ कर्मचारीलाई उपहार दिएका थिए भने सन् २०१६ मा उनले १२६० जनालाई कार र ४०० जनालाई फ्ल्याट दिएका थिए। ५५ सय भन्दा धेरै कर्मचारी काम गर्ने कम्पनीको बार्षिक कारोबार ६ हजार करोड भारतीय रुपैयाँ भन्दा बढी छ।


Back_to_top