नयाँ पावरमा किया सोल, ९२ प्रतिशत चार्जमै ४४७ किलोमिटर माइलेज !

अल न्यू डिजाइनमा ल्याउन लागिएको इलेक्ट्रिक कार सोललाई कम्पनीले २०२०को सुरुमा मात्रै सार्वजनिक गर्ने भएको छ । 

उक्त कारको अहिले परिक्षण भइरहेको छ । यसमा प्रयोग भएको हेबी बडी क्लाडिङसमेत हटाइएको छ । स्पाई फोटोग्राफरले सार्वजनिक गरेको तस्विरमा यो कार बक्सी डिजाइनमा तयार भएको देखिन्छ । रेगुलर इभीको तुलनामा नयाँ इभीमा ग्रिलमा निकै परिर्वतन गरिएको छ ।

कारस्कुपका अनुसार, ‘२०२० सोल इभी’को इन्टेरियरमा पहिलेको तुलनामा परिवर्तन गरिएको छ । आधुनिक डिजाइन गरिएको यस कारमा नयाँ स्टियरीङ ह्वील, ठुलो इन्फोटेनमेन्ट डिस्प्ले, ठुलो एयर भेन्ट्स, रिडिजाइन क्लाइमेट कन्ट्रोल स्ट्याक र न्यू सेन्टर कन्सोलजस्ता विशेषता उपलब्ध हुनेछ । 

यस कारमा ‘६४ केडब्ल्यूएच लिथिएम–आयन ब्याट्री र कम्बो इलेक्ट्रिक मोटर’को प्रयोग गरिएको छ । 

कम्पनीका अनुसार, यो कारले ९२ प्रतिशत ब्याट्री चार्जमा ४४७ किलोमिटर (२७१ माइल) दुरी पार गर्न सक्छ । यस कारमा ‘६४ केडब्ल्यूएच लिथिएम–आयन ब्याट्री र कम्बो इलेक्ट्रिक मोटर’को प्रयोग गरिएको छ । जसले हुन्डाई कोना इलेक्ट्रीकको जस्तै पावर प्रदान गर्ने छ । होन्डाई कोनाले एकपटकको फुलचार्जमा चार्जमा ४१५ किलोमिटर (२५८ माइल) दुरी यात्रा गर्न सक्छ । 

अहिलको ‘२०१८एमवाई’ मोडलमा भन्दा नयाँ सोल इभीमा धेरै परिवर्तन तथा सुधार गरिएको छ । ‘२०१८एमवाइ’ मोडलको कारले एकपटकको चार्जमा १७८ किलोमिटर (१११ माइल) मात्रै दुरी पार गर्नसक्छ । 


Back_to_top