टीभीएस एक्सएल-१०० इलेक्ट्रीकमा आउने

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएस मोटरले इलेक्ट्रीक सेग्मेन्मा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । टीभीएसले भारतीय बजारमा आफ्नो सुरुवाती मोटरसाइकल एक्सएल १०० को इलेक्ट्रीक भर्सन ल्याउने भएको हो ।

टीभीएसले आफ्नो इलेक्ट्रीक सेग्मेन्ट लाइनअपको दोस्रो मोटरसाइकल एक्सएल १०० को हालसालै पेटेन्ट डिजाइन दर्ता गराइसकेको खबर बाहिरिएको छ ।

कम्पनीले आउँदो अगस्ट महिनामानै एक्सएल इलेक्ट्रीक मोटरसाइकल देखाउने तयारी गरिरहेको जानकारी मिडियामा आएका छन् । पेटेन्ट डिजाइनमा बडी प्यानलहरुको पुरा रुपमा खुलासा भने गरेको छैन । टीभीएसको नयाँ एक्सएल इलेक्ट्रीकलाई स्पाइन ट्युवलर चेसिसले जोडिएको छ ।

यसको फ्युल ट्यांक भएको स्थानमा ब्याट्री र मोटरको सेटअप हुनेछ । सामान्यतया हब मोटरहरु सस्तो हुने भएका कारण यसमा हब मोटरको प्रयोग गरिने छ । चेन ड्राइभको मद्दतले पछाडिको पाङ्ग्रामा पावर पठाइने छ ।

पेटेन्टमा देखिए अनुसार कम्पनीले नयाँ एक्सएल इलेक्ट्रीकमा माउन्ट सेटअप, काटिएको डुवल पीस सीट, आरएसयु टेलिस्कोपिक फ्रन्ट फर्क, रियरमा डुवल सक अब्जर्बार र दुबै टायरमा ड्रमब्रेक दिइने छ ।

यो मोटरसाइकलमा प्रयोग भएको ब्याट्रले एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्मको यात्रा गर्न सकिने अनुमान गरिएको छ । अन्य जानकारी भने कम्पनीले आउँदो अगस्ट महिनामा सार्बजनिक गर्नेछ ।


Back_to_top