चिनियाँ स्टार्टअप कम्पनीमा फक्सवागेनको लगानी

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङमा जर्मन अटोमोवाइल जाइन्ट फक्सवागेन ग्रुपले लगानी गर्ने भएको छ । चीनमा प्रिमियम इलेक्ट्रीक कार उत्पादन गर्दै आएको एक्सपेङ निकै चर्चित स्टार्टअप कम्पनी हो ।

चिनियाँ ब्राण्डले निकै राम्रो संख्यामा गाडी उत्पादन र बिक्री गर्दै आएको समयमा विश्वकै ठूलो मध्येको एक फक्सवागेन समूहले एक्सपेङमा लगानी गरेर आफु ईभी निर्माण थप आक्रमक बन्ने संदेश दिएको छ ।

चाइनीज स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनीमा फक्सवागेन ग्रुपले ७०० मिलियन डलर लगानी गर्ने छ । फक्सवागेन ग्रुपले उक्त रकमले ४.९९ प्रतिशत शेयर पाउने छ । फक्सवागेनले १५ डलर प्रति शेयर मूल्यमा ४.९९ प्रतिशत सेयर खरिद गरेको हो ।

फक्सवागेनले एक्सपेङसँगको सहकार्यमा चीनको लागि फक्सवागेनका कारहरु तयार गर्ने भएको हो । कम्पनीले एक्सपेङको जी–९ प्लेटफर्म र एडास सफ्टवेरको प्रयोग गरी नयाँ ईभी बनाउने भएको हो ।

यी दुई कम्पनीको सहकार्यपछि फक्सवागेनसँग एमईभी प्लेटफर्मको अलावा नयाँ प्लेटफर्ममा आधारित थप दुई बी-सेग्मेन्टका ईभी पनि हुनेछन् । कम्पनीको योजना अनुसार यी ईभीहरु सन् २०२६ बाट बजारमा उपलब्ध हुनेछ ।


Back_to_top