अमेरिकामा ठूला सात अटोमोवाइल कम्पनी मिलेर चार्जिङ स्टेशन बनाउने

काठमाडौं । नेपालमा जडान भएका चार्जरमा पनि एउटा कम्पनीले अर्कोलाई सहज चार्जिङ सुविधा नदिने अवस्था विद्यमान रहेको समयमा अमेरिकामा ७ कम्पनी मिलेर चार्जिङ स्टेशन बनाउन लागेका हुन् ।

जनरल मोटर्स, बीएमडब्लु ग्रुप, होन्डा, हुन्डाई, किया, मर्सिडिज बेन्ज र स्टेलान्टीसले संयुक्त लगानीमा इलेक्टीक भेहिकलको लागि ‘फास्ट चार्जिङ नेटवर्क’ बनाउन लागेका हुन् । ग्राहलाई आफ्नो ईभी चार्ज सजिलो होस् भन्ने उद्देश्यले यी प्रमुख अटोमोवाइल कम्पनीले नर्थ अमेरिका र क्यानडामा ३० हजार चार्जर जडान गर्न लागेका हुन् ।

यो समूहले स्थापना गर्न लागेको पहिलो चार्जर आगामी हिउँदमा अमेरिकामा उद्घाटन हुनेछ । पहिलो चरणमा अमेरिकाको मुख्य स्थानमा चार्जिङ नेटवर्कको स्थापनापछि मात्रै क्यानडामा नेटवर्क विस्तार हुनेछ ।

सुरुमा सहर र चर्चित पर्यटकीय स्थालमा चार्जर जडान हुने छ । बन्ने हरेक चार्जिङ स्टेशनमा मल्टीपल हाइपावर फास्ट चार्जर रहनेछ । जसले ३० मिनेटमै ८० प्रतिशतसम्म रिचार्ज गर्न सक्ने बताइएको छ । चार्जिङ स्टेशनसँगै रेस्टुरेन्ट, सपिङ सेन्टर, रेष्टुरेन्टहरु बन्नेछन् ।


Back_to_top