काठमाडौं । चिनियाँ लक्जरी ब्राण्ड होङछी नेपाली बजारमा प्रवेश गरेको छ । विशाल ग्रुप अन्तर्गतको एड्भान्स अटोमोबाइल्स प्रालिले जारी नाइमा मोबिलिटी एक्स्पोमा होङछी ईएचएस ४ एसयूभी सार्वजनिक गरेको हो ।
कम्पनीले ईएचएस ४ को आधिकामिूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ । तर, कम्पनीले नाइमा अफरमा छुट दिँदै ५७ लाख ९९ हजार ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ ।
होङछी चीनको प्रतिष्ठित सरकारी स्वामित्वको अटो ब्राण्ड हो । यसका उत्पादन चिनियाँ राष्ट्रपतिले समेत प्रयोग गर्दै आएका छन् । होङछीका कार आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र निकै सुरक्षित मानिन्छ ।
नेपाल आएको होङ्छी ईएचएस ४ मा १६० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर टर्क प्रदान गर्छ ।
यसमा ६७.१ किलोवाट आरको ब्याट्री दिइएको छ । जसले एकपटकको फुलचार्जमा ४६० किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ । यसमा प्रयो भएको ब्याट्री आइपी ६७ रेटेड छ । जुन निकै सुरक्षित मानिन्छ । यो ब्याट्र डीसी चार्जरबाट ३० दखि ८० प्रतिशत चार्ज केबल २० मिनेटमै हुन्छ ।
यसको लम्बाइ ४५२० एमएम, चौडा १८७३ एमएम र उचाइ १६४७ एमएम छ । यसको पछाडि ३९३ लिटरको बुट स्पेस छ । जसलाई आवश्यकता अनुसार पछाडिको सिट फोल्ड गेर १३०० लिटरसम्म विस्तार गर्न सकिन्छ ।
यसको क्याबिन निकै आकर्षक र लग्जरी छ । ड्यासबोर्डमा ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको सेन्ट्रल टचस्क्रीन छ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, ६४ रङको डाइनामिक एम्बियन्स लाइट, हिट पम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्रन्ट सिंगल–जोन क्लाइमेट कन्ट्रोल, एक्टिभ ग्रिल शटर लगायत क्याबिन फिचर छन् ।
यसमा इन्टिग्रेटेड प्यानोरामिक ग्लास रूफ, पावर टेलगेट, पोजिसन मेमोरी फङ्सनसहित टेलगेट, सेमी-हिडन डोर ह्याण्डल, फ्रन्ट विन्डस्क्रिन बोनलेस वाइपर, रेन-सेन्सिङ फ्रन्ट वाइपर, हिटेड रियर विन्डस्क्रिन, कीलेस रिमोट छ ।
ईएचएस ४मा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन, हाइड्रोलिक ब्रेक असिस्ट, डाइनामिक ब्रेकिङ फङ्सन, हिल होल्ड कन्ट्रोल, अटो होल्ड लगायत सुविधा भएको एडास फिचर छ ।
साथै, ६ वटा एयरब्याग, फ्रन्ट-भ्यू क्यामेरा, ४ वटा क्यामेरा हित सराउन्ड-भ्यू सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल, अटोमेटिक लेन चेन्ज, ट्राफिक साइन रिकग्निसन, फ्रन्ट भेहिकल डिपार्चर वार्नि, एडभान्स्ड इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन लगायत सेफ्टी फिचर छन् ।

