कम मूल्यको एटो थ्री काठमाडौंमा, डेलिभरी सुरु हुँदै

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो थ्रीको एड्भान्स भेरियन्ट डेलिभरी सुरु गर्न लागेको छ । काठमाडौंको शोरुममा आइपुगेको एटो थ्री भोलिबाट क्रमिकरुपमा डेलिभरी सुरु हुने कम्पनीको भनाई छ ।

कम्पनीले बजेट लगत्तै बुकिङ खुल्ला गरेको एटो थ्रीको एड्भान्स भेरियन्ट रेगुलर मोडलको तुलनामा १० लाख रुपैयाँ सस्तो भएकै कारण धेरै मानिसले बुकिङ गरेर कुरिरहेका छन् ।

‘यसअघि बुकिङ गरेर बसेका ग्राहकलाई भोलिबाट क्रमैसँग डेलिभरी दिने योजना बनाएका छौं’, साइमेक्स इंक स्रोतले भन्यो ।

पछिल्लो पटक नेपाल आएर खुब चर्चा कमाएको बीवाइडी एटो–३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेसँगै यसमा ग्राहकले खुब रुची देखाएका छन् । मूल्यमा झण्डै १० लाख रुपैयाँ फरक भएपनि फिचरमा भने धेरै भिन्नता रहेको छैन ।

एटो३ को एड्भान्स भेरियन्टमा बायरलेस चार्जर छैन । अटोमेटीक वान टच टेलगेट पनि नयाँ भेरियन्टमा छैन । यसको प्रयोगले एउटा वटमलाई एक पटक थिच्दा अटोमेटीक टेलगेट ९डिक्की० बन्द गर्न सकिन्छ । तर, यो फिचरलाई खासै धेरै महत्वपूर्ण मानिदैन ।

एड्भान्स भेरियन्टमा ५० किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले ७० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ ।

यसमा १७ इन्चको ह्वील, ६ वटा स्पीकार, सिंगल कलर एम्बीयन्ट लाइट पाउन सकिन्छ । यसका अलावा सबै फिचर सुपेरियर भरियन्टमा भएका नै एड्भान्स भेरियन्टमा पाउन सकिन्छ ।


Back_to_top