काठमाडौं । चिनियाँ इलेक्ट्रीक जाइन्ट बीवाइडीको एटो-३ अहिले बजारको हट एसयूभी हो । विभिन्न तीन भेरियन्टमा उपलब्ध एटो-३, दुई ब्याट्री अप्सन र दुई मोटर पावरमा किन्न पाइन्छ ।
तर, हेर्दा तीन वटै मोडल उस्तै लाग्छ । बाहिरी आँखाले हत्तपत्त यसमा रहेका भिन्नता केलाउन नसकिएपनि मूल्यमा भने ठूलै अन्तर छ । मूल्य अन्तर हुनुमा पहिलो कारण मोटर पावर हो ।
नेपाल सरकारले मोटर पावरको आधारमा कर निर्धारण गरेको कारण १५० किलोवाट आवरको मोटर भएको एटो-३ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सरकारले १०० किलोवाट क्षमताको मोटरमा १५० को तुलनामा ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क कम लगाएको कारण यसको १०० किलोवाटको मोटर जडान भएको भेरियन्ट सुपेरियरको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै एड्भान्स भेरियन्टको रुपमा दुई दिन अगाडि मात्रै काठमाडौं आइपुगेको एटो-३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा भने ५० किलोवाट आवरको मात्रै ब्याट्री पाउन सकिन्छ । अन्य दुई भेरियन्टमा भने ६० किलोवाट आवरको ब्याट्री रहेको छ ।
यहाँ हामीले ५५ लाख ९९ हजार र ६५ लाख ८० हजार मूल्य रहेका दुई भेरियन्टलाई भिडियोमा तुलनात्मक फरक देखाउने प्रयास गरेका छौं ।


