३८ वर्ष पुरानो बाइकको सम्झनामा सुजुकीले ल्यायो, यस्तो नयाँ बाइक

सुजुकीले २०१८ इन्टरमोट मोटरसाइकल शोमा आफ्नो नयाँ बाईक ‘कटाना’ सार्वजनिक गरेको छ । करिब ३८ वर्ष अगाडि सन् १९८१ मा बनेको कटानाकै सम्मानमा यो २०१९ संस्करण डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कटानामा ९९९ सीसी लिक्विड कुल्ड, इन–लाइन फोर सिलिन्डर इन्जिन छ, जसले १४८ बीएचपी पावर र १०८ एनएम टर्क प्रदान गर्छ । यसमा ६–स्पिड गियरबक्स छ भने यसको सहयोगको लागि स्लिपर क्लच समेत छ । अनि थ्री लेभल ट्रयाक्सन कन्ट्रोल समेत छ ।

कम्पनीले कटाना सुजुकीकै जीएसएक्स–एस १००० नेकेड मोटरसाइकलको फ्रेममा आधारित रहेर निर्माण गरेको छ । 

निकै मस्कुलर देखिएको यो बाईकमा आर्कषक एलइडी हेडल्याम्प दिइएको छ भने फ्लोटिङ टेल डिजाइनका साथ नम्बर प्लेट होल्डरसमेत दिइएको छ । 

कम्पनीले युरोपेली बजारमा यसलाई २०१९को सुरुवातबाट बिक्री गर्ने जनाएको छ । 


Back_to_top