चौतर्फी बिरोध भएपछि रोयल इनफिल्डले दियो, पेगासस् ५०० का ग्राहकलाई तीन अफर

 रोयल इनफिल्ड क्लासिक ५०० पेगासस् लिमिटेड एडिसनले भारतीय बजारमामात्रै तीन मिनेटमा २५० यूनिट बिक्री गरेर नयाँ रेकर्ड बनाएको थियो । गत जुलाईमा बजारमा आएको यो मोटरसाइकल विश्वभरमा १ हजार यूनिटमात्रै बिक्री गरिएको छ । 

त्यसपछि रोयल इनफिल्डले ‘क्लासिक ३५० सिङ्ग्नल्स’ नामबाट नयाँ एडिसन अगस्ट महिनामा बजारमा ल्याएको थियो । लिमिटेड एडिसन नामबाट बिक्री भएको क्लासिक ५०० पेगासस् एडिसनका ग्राहकहरूले क्लासिक ३५० सिङ्ग्नल एडिसनको लूक्स लिमिटेड एडिसन ५०० सीसीजस्तै रहेको भन्दै चर्को विरोध गरे । 

यतिसम्म भयो कि कुनै ग्राहकले बाइकलाई फोहोरमा फ्याँके भने केहिले नगरपालीकामा फोहोर उठाउन काम लाग्ने भन्दै दिए । आफ्ना ग्राहकहरूबाट निकै आलोचित भएपछि कम्पनीले ति समस्या सम्बोधन गरेको जनाएको छ ।

अब कम्पनीले यो समस्या समाधान गर्न तीन अप्सन सुझाएको छ । पहिलो बाइक नै फिर्ता लिने । दोस्रो एक वर्षको थप वारेन्टी र दुईवटा सभिर्सिङ दिने र तेस्रो ५०० पेगासस् परिर्वतन गर्न चाहनेलाई गनमेटल ग्रे वा स्ट्याल्थ ब्ल्याक एबीएस भर्सन दिने । रोयल इन्फिल्ड क्लासिक ५०० पेगासस्मा ड्यूल च्यानल एबीएस सिस्टम भने अर्जेन्टिनामा सार्वजनिक गरिएको थियो । 

यो मोटरसाइकल २५० औँ एयरबोर्न लाइट कम्पनीले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको मोटरसाइकलजस्तै देखिएको थियो । यस मोटरसाइकलको ब्याट्रीबक्समा ‘मेड लाइक एगेन’ लेखिएको छ । मोटरसाइकलमा ब्ल्याकपेन्ट गरिएको छ भने हेडलाइट बेजल, पेडल, लेदर स्ट्रापकासाथै सैनिक लक्षित क्यान्भास प्यानीअर्स तथा ब्रास बकल्स सेट गरिएको छ । साथै, यसमा रोयल इनफिल्डको लोगो राखिएको छ । 

रोयल इन्फिल्ड क्लासिक ५०० पेगासस्मा ४९९ सीसी, सिङ्गल सिलिन्डर, एयरकूल, फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले २७.२ एचपी पावर र ४१.३ एनएम–टर्क उत्पादन गर्छ । यस मोटरसाइकलमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।


Back_to_top