१५ लाखको गाडीमा ३ लाखसम्म छुट, १३ हजार मासिक किस्ता

डाटसनको लागि नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटर्सले ‘डाटसन फेस्टीभ हट डिल’ अफर कार्यक्रम घोषणा गरेको छ । 

यस कार्यक्रम अन्तर्गत १५ लाख २५ हजारदेखि २७ लाख ४९ हजार रुपैयाँ एमआरपी उल्लेख भएको गाडीमा ३ लाख ३५ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै १ लाख ७५ हजारसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ । 

मासिक किस्ता १२ हजार ९९९ मा गाडी दिने योजना ल्याएको कम्पनीले हरेक गाडीको खरिदमा  २७ हजार मूल्य बराबरको एउटा स्मार्टफोन, एक वर्षको गाडीको इन्स्योरेन्स, १ लाख ६ हजार मूल्य बराबरको थप एसोसोरिज, ठाँउका ठाउँ फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, एक वर्षको सडक दस्तुर, तीन वर्षको वारेन्टि दिने उल्लेख गरेको छ । 

चाडपर्वको समयमा ग्राहक आर्कषित गर्न कम्पनीहरुले बिभिन्न किसिमका अफर योजना सार्वजनिक गर्ने गरेका छन् ।


Back_to_top