धोती र गम्छामा घुम्ने महात्मा गान्धी प्रयोग गर्थे यस्ता कार

भारतबाट अंग्रेजलाई फिर्ता पठाउन अहिंसाको राजनीति अंगिकार गरेर भारतलाई अंग्रेजमुक्त बनाएका महात्मा गान्धी पहिरनमा धोती र काँधमा गम्छा राखेर हिड्ने गर्थे । तर, उनले प्रयोग गर्ने कार भने निकै लग्जरी थियो । भलै उनले त्यो कार आफुले खरिद गरेका थिएनन् । 

सन् १९४० ताका उनले पेकार्ड १२० कारको प्रयोग दिल्लीमा सबैभन्दा धेरै गरेका थिए । उनका अनन्य मित्र घनश्यामदास बिडलाको नाममा रहेको यो कार गान्धीले केही समय गरेका थिए । 

फोर्डको मोडल टी उनले सबैभन्दा धेरै प्रयोग गरेको कार हो । यस कारको मुख्य मालिकको हो भन्ने अहिलेसम्म नखुलेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ । तर, यो कार अझै बेलाबखतमा हुने भेन्टेज कार र्यालीमा देखिने गरेको छ । यसलाई गान्धीले सन् १९२७ मा उत्तर प्रदेशको बरेली जेलबाट रिहा भएपछि प्रयोगमा ल्याएका थिए । 

स्टडब्रेकर प्रेसिडेन्ट कारको प्रयोग गान्धीले आफ्नो कर्नाटक भ्रमणमा गरेको उल्लेख छ । यो कार कसले र कहिले किनेको थियो भन्ने कुरापनि उल्लेख नभएको मिडिले उल्लेख गरेको छ ।  


Back_to_top