उच्च ग्राउन्ड क्लियरेन्स, कम मूल्य भएका ७ एसयूभी

काठमाडौं । ग्राउण्ड क्लियरेन्स नेपालमा गाडी किन्नेले सबैभन्दा धेरै चासो राख्ने विषय हो । त्यसमा पनि एसयूभी किन्ने ट्रेन्ड बढ्दो क्रममा रहेको छ ।

उच्च ग्राउण्ड क्लियरेन्सको महत्व खराब बाटोहरुमा हुनेगर्छ । नेपालका हाइवेदेखि सबै किसिमका बाटाहरु खाल्डाखुल्डीले भरिपूर्ण छन् । त्यसैले गाडी किन्नेले सबैभन्दा पहिला सोध्ने ग्राउन्ड क्लियरेन्स बन्न पुगेको छ ।

अहिले बजारमा सर्वाधिक चर्चित कम्प्याक्ट एसयूभीहरु छन् । धेरैको रोजाइमा पर्ने यस्ता एसयूभीहरु राम्रो ग्राउन्ड क्लियरेन्समा उपलब्ध छन् । यदि तपाई पनि राम्रो क्लेयरेन्स भएको साना एसयूभी खोज्दै हुनुहुन्छ भने तपाईको लागि थुप्रै छनोट मिल्छ ।

नेपालमा धेरै संख्यामा बिक्रीहुने ४ मिटरभन्दा साना साइजका एसयूभीहरु हुन् । मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनो काइगर यो सेग्मेन्ट पाउन सकिन्छ । हामीले यी कम्प्याक्ट एसयूभीहरुको ग्राउण्ड क्लियरेन्सका बारेमा यहाँ चर्चा गरेका छौ ।

टाटा नेक्सन

सब फोर मिटर सेग्मेन्टमा नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी टाटा नेक्सन हो । पेट्रोल र इलेक्ट्री दुबै भर्सनमा उपलब्ध नेक्सन अहिलेको हटकेक मोडल हो भन्दा फरक पर्दैन । नेक्सन एसयूभी आईस र ईभी दुबै सेग्मेन्टमा सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्ससहित बजारमा उपलब्ध छ ।

टाटा नेक्सनको पेट्रोल, डिजल इन्जिन माेडलको ग्राउण्ड क्लियरेन्स २०९ एमएमको रहेको छ । त्यस्तै इलेक्ट्रीक भर्सनमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

किया सोनेट

कोरियन अटोमोवाइल कम्पनी कियाले यो सेग्मेन्टमा सोनेटको बिक्री गरिरहको छ । सब फोर मिटर क्याटगोरीमा सोनेट दोस्रो धेरै ग्राउण्ड क्लियरेन्स भएको एसयूभी हो । कियाले सोनेटमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स दिएको छ ।

रेनो काइगर र निसान म्याग्नाइट

भारतमा रेनो–निसान इन्डियाले रेनो र निसान फरक दुई ब्राण्डका गाडीहरु एकै प्लान्टबाट उत्पादन गर्छ । रेनोको काइगर र निसानको म्याग्नाइट कम्प्याक्ट सेग्मेन्टका एसयूभी हुन् ।

यी दुबै सानो एसयूभीमा इन्जिन पनि ९९९ सीसीको छ । यी दुबै एसयूभीमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

मारुती सुजुकी ब्रेजा

यहि सेग्मेन्टमा पाइने अर्को चर्चित एसयूभी मारुती सुजुकी ब्रेजा हो । ब्रेजाको सेकेन्ड जेनेरेशन मोडल अहिले बजारमा बिक्री भइरहेको छ । मारुती सुजुकीमा १.५ लिटर क्षमताको पावरफुल पेट्रोल इन्जिन रहेको छ । मारुती सुजुकीले ब्रेजामा २०० एमएमको ग्राउण्ड क्लियरेन्स दिएको छ ।

हुन्डाई भेन्यू

कोरियन अटोमोवाइल जायन्ट हुन्डाईले भारतमा बनाएको कम्प्याक्ट एसयूभी भेन्यूको पहिलो फेसलिफ्ट मोडल बिक्री भइरहेको छ । कम्पनीको चर्चित १.२ लिटर कप्पा पेट्रोल इन्जिन यसमा पाउन सकिन्छ । हुन्डाई भेन्यूमा १९५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

महिन्द्रा एक्सयूभी ३००

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले कम्प्याक्ट सेग्मेन्टमा बनाएको चर्चित एसयूभी एक्सयूभी ३०० हो । यसमा १.२ लिटरको टर्बो चार्ज्ड पावरफुल इन्जिन रहेको छ । महिन्द्रा एक्सयूभी ३०० मा १८० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top