१६ दिनपछि सार्वजनिक हुँदै एमजी कोमेट, कति पर्ला मूल्य ?

काठमाडौं । एमजी (मोरिस ग्यारेज)को आधिकारीक बिक्रेता पारामाउन्ट माटर्सले कोमेट ईभी नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले १६ दिनपछि सुरु हुने आगामी नाडा अटो शो २०२३ मा कोमेट प्रदर्शनी गर्ने तयारी थालेको हो ।

भारतीय बजारमा टाटा टियागोपछि सर्वाधिक बिक्री हुन थालेको कोमेट नेपालमा कस्तो ब्यापार गर्छ अहिल्यै भन्न सकिने अवस्था छैन । नेपालमा विलिङ एयर मिनी पनि उपलब्ध रहेको छ । विलिङ एयर मिनी र एमजी कोमेट एउटै गाडी हो ।

भारतीय बजारलाई मध्यनजर गर्दै बनाइएको कोमेट नेपाली सडक सुहाउँदो रहेको कम्पनीको भनाइ छ । विलिङ एयर मिनी भने इन्डोनेशियामा उत्पादन भएर नेपाल आइरहेको छ ।

‘नाडा अटो शोमा एमजी फोरसँगै कोमेट पनि प्रदर्शनी गर्ने छौं । सहर केन्द्रित यो कारले राम्रो ब्यापार गर्नेमा हामी ढुक्क छौं । हाम्रो ब्राण्ड प्रेजेन्स र बिक्रीपछिको सेवाको कारण यो सेग्मेन्टमा हामी अब्बल हुनेछौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । निकै सानो मोटर रहेको कोमेटमा ४२ हर्सपावरको मोटर र ११० न्यूटन मिटर टर्क पाउन सकिन्छ । यो कारको रेन्ज एक पटकको फुल चार्जमा २३० किलोमिटर सम्म हुने कम्पनीको दावी रहेको छ । अटोकार इन्डियाको रेन्ज टेष्टमा यसले १९० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

एयर मिनीको सर्ट रेन्ज मोडलको टेक्नीकल डिटेल र लङ रेन्ज मोडलमा भएका सबै फिचर कोमेटमा उपलब्ध रहेको कारण यसको मूल्य २० देखि २५ लाख भित्र कायम हुने अनुमान गर्न सकिन्छ ।

एमजी कोमेटलाई ३.३ किलोवाटको चार्जरले ५ घण्टामा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । फुल चार्ज गर्न भने ७ घण्टा लाग्ने बताइएको छ ।

यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारित रहेर निर्माण गरिएको हो । विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने ग्राहकका लागि केन्द्रीत रहेर एमजीले उत्पादन गरेको हो ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।

यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराएको छ ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत छन् ।

यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ ।

एयर मिनीको सर्ट रेन्ज मोडलको टेक्नीकल डिटेल र लङ रेन्ज मोडलमा भएका सबै फिचर कोमेटमा उपलब्ध रहेको कारण यसको मूल्य २० देखि २५ लाख भित्र कायम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top