बजारमा आयो यामाहा आर-१५ किलर

काठमाडौं । स्पोर्टस् सेग्मेन्टको सर्वाधिक सफल मोटरसाइकल यामाहा आर-१५ लामो समयदेखि बजारमा एकछत्र राज गर्न सफल मोडल हो । कम्पनीले यसलाई ४ पटक परिमार्जन गरिसकेको छ ।

यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न हिरोले आफ्नो पुरानो नेम प्लेट करिज्मामा नयाँ मोटरसाइकल ल्याएको छ । नयाँ अवतारमा करिज्मा आएसँगै भारतमा यामाहा आर-१५ सिरिजको समय सकिएको चर्चा सुरु हुन थालेको छ । धेरैले नयाँ करिज्मालाई आर-१५ किलरको संज्ञा दिन थालेका छन् ।

भारतमा सर्वाधिक सफल स्पोर्टस् बाइकको विकल्ममा हिरो करिज्मा आएसँगै शोसल मिडियामा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । धेरैजसो मोटरसाइकलका पारखीहरुले यामाहा आर-१५को समय सकिएको प्रतिक्रिया दिएका छन् । केहीले त रिप आर-१५ भनेर लेखेका छन् ।

भारतीय बजारमा टिप्पणी भइरहेको हिरो करिज्मा २०२३ मा के छ, जसले यामाहाको इन्ट्री लेभल स्पोर्टस् बाइकको बजारलाई धक्का दिन सकोस् ।

नयाँ करिज्मा झट्ट हेर्दा नै फ्ल्यागशिभ देखिन्छ । कम्पनीले पहिलो पटक डिओएचसी इन्जिन दिएर नयाँ करिज्मा आएको हो । हिरोले आफ्नो करिज्मा मोडलमा लिक्वीड कुल्ड इन्जिन, डुअल च्यानल एबीएस, स्लिपर एसिस्ट क्लच, ६ स्पीड गियर, वाइडर रियर टायर जस्ता फिचर पहिलो पटक प्रयोग गरेको छ ।

करिज्मामा २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन दिइएको छ । यो इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स छ । यसको टप स्पीड १४० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यामाहा आर १५ भी ३ को कुरा गर्नु पर्दा १५५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड, फोर भल्भ, एसओएचसी इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा अधिकतम १८.६ पीएस पावर तथा ७५०० आरपीएममा १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध छ ।

इन्जिनको कुरा गर्दा यामाहा आर-१५ लाई हिरोले धेरै पछि पारेको छ । यामाहामा एसओएचसी सेटअप छ भने हिरोमा डिओएचसी सेटअप छ । यामाहाले वेट मल्टिपल डिस्क कल्च दिइको छ भने हिरोले सिल्पर एसिस्ट क्लचको प्रयोग गरेको छ ।

यी दुबै मोटरसाइकलमा स्मार्ट कनेक्ट फिचर पाउन सकिन्छ । यामाहाले सामान्य टीएफटी एलसीडी दिँदा हिरोले कलर डिस्प्लेका साथै टर्न वाइ टर्न नेभिगेशन दिएको छ । त्यस्तै ब्रेकिङमा हिरोको डिस्क साइज यामाहाको तुलनामा केही ठूलो छ ।

हिरोले ड्यासवोर्डसँगै यूएसबी चार्जिङ पोर्ट दिएको छ भने भाइजर पनि एडजष्ट गर्न मिल्ने छ । यामाहा आर १५ को तुलनामा हिरो करिज्माको ह्यान्डलबार अप राइट रहेको छ । यसले टूरिङमा सहयोग गर्छ । यामाहा आर-१५ को पोस्चर अग्रेशिभ रहेको छ ।

तुलनात्म रुपमा हेर्दा २१० सीसीको मोटरसाइकल १ लाख ७२ हजार एक्स शोरुम मूल्य तोकेर हिरोले बिक्री सुरु गरेको छ । यामाहाको आर-१५ भी ३ को एक्स सोरुम मूल्य १ लाख ६५ हजार भारतीय रुपैयाँ रहेको छ ।

यसले यामाहा आर-१५ लाई मात्र होइन, सुजुकी जिक्सर एसएफ-२५० लाई सिधा टक्कर दिन्छ ।


Back_to_top