काठमाडौं । दशैं अफर अन्तर्गत होण्डाको डिओ १२५ स्कुटर किन्दा दुई ग्राहकले एक लाख रुपैयाँ नगद जितेका छन् ।
होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले संचालन गरिरहेको दशैं लक्षित ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत दुई ग्राहकले जनही १/१ लाख रुपैयाँ पुरस्कार प्राएका हुन् ।
योजना अन्तर्गत कम्पनीले होण्डा डिओ १२५ खरिद गर्ने ग्राहकलाई दिइएको स्क्रयाच कुपनमार्फत दिक्षा तिम्सिना र लुजिना मल्लले १/१ लाख रुपैयाँ नगद जित्न सफल भएका हुन् ।
दिक्षा तिम्सिनाले हेलेन इन्टरनेसनल विराटचोकबाट र लुजिना मल्लले प्रखर इन्टरप्राइजेज सल्लाघारीबाट डिओ १२५ खरिद गरेका थिए ।
होण्डाको जारी ‘यो दशैं, आशाको सुरुवात’ अफरअन्तर्गत डिओ १२५ खरिद गर्ने ग्राहकले स्क्रयाच कुपनमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पाउँदै आएका छन् । अफरले चाडपर्वको समयमा होण्डाका स्कुटर खरिद गर्ने ग्राहकलाई थप आकर्षण प्रदान गरेको कम्पनीले जनाएको छ ।

