होन्डा एलिभेट नेपालमा सार्वजनिक, यस्तो छ ८ भेरियन्टको मूल्य

काठमाडौं । होन्डाको एसयूभी एलिभेट नेपालमा सार्वजनिक भएको छ । स्याकार ट्रेडिङले नेपाल ल्याएको एलिभेट विभिन्न ८ भेरियन्टमा नेपाल आएको हो ।

कम्पनीले एसभी एमटी, भी एमटी, भीएक्स एमटी, जेडएक्स एमटी, भी सीभीटी, भीएक्स सीभीटी, जेडएक्स सीभीटी र जेडएक्स सीभीटी (डीटी) गरि ८ भेरियन्टमा एलिभेट सार्वजनिक गरेको हो ।

स्याकार ट्रेडिङले एसभी एमटए भेरियन्टको मूल्य ५६ लाख ३५ हजार तोकेको छ । त्यस्तै भी एमटीको मूल्य ६० लाख ३५ हजार, भीएक्स म्यानुअल भेरियन्टको मूल्य ६६ लाख ९५ हजार, जेडएक्स एमटीको मूल्य ७३ लाख ४४ हजार र भी सीभीटीको मूल्य ६५ लाख ७० हजार, भीएक्स सीभीटीको ७१ लाख ९५ हनार, जेडएक्स सीभीटीको मूल्य ७८ लाख ७० हजार र जेडएक्स सीभीटी (डीटी)को मूल्य ७९ लाख ४४ हजार रुपैयाँ कामय गरेर बिक्री सुरु गरेको हो ।

भारतमा हुन्डाई क्रेटा, किया सेल्टोस र सुजुकी ग्राण्ड भिटारा जस्ता प्रोडक्टसँग प्रतिस्पर्धा गर्न आएको एलिभेट नेपालमा पनि मूल्यका हिसावले यी मोडलसँग प्रतिस्पर्धामा खरो उत्रने देखिन्छ ।

होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७९० एमएम, उचाई १६५० एमएमको रहेको छ । यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । टप भेरियन्टमा १७ इन्चको डायमण्ड कट अलोय ह्वील रहेको एलिभेटमा ग्राउण्ड क्लियरेन्स भने सेग्मेक्ट कै सबैभन्दा धेरै २२० एमएम रहेको छ ।

होन्डा एलिभेटको एक्सटेरियर होन्डाको एसिया प्यासेफिक आर एण्ड डी सेन्टर थाइल्याण्डमा विकास भएको हो । यसको फ्रन्ट लुक्स निकै बल्की देखिएको छ । यसमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट्स पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

‘प्रोगेसिभ एण्ड प्रोटेक्टीभ’ कन्सेप्टमा आधारित एलिभेटको इन्टेरियरमा ठूलो साइजको हेडरुम, लेग तथा नि रुम दिइएको छ । यसको डोर र ड्यासबोर्डमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ ।

एसयूभीको अपहोलिष्टीकमा ब्राउन कलरको लेदरेट प्रयोग भएको छ । यसमा ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ ।

सुरक्षाको लागि होन्डा सेन्सिङ एडास फिचर रहेको छ । जस अन्तर्गत फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर छन् ।

यसका अलावा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा ६ वटा एयरब्याग छन् ।

होन्डा एलिभेटमा १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड, फोर सिलिण्डर, आइभीटेक पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर तथा १४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

एलिभेटमा सिभीटी अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स रहने छ । होन्डाले सन् २०२६ सम्ममा एलिभेटलाई हाइब्रिड र प्योर इलेक्ट्रीक भर्सनमा समेत ल्याउने घोषणा गरिसकेको छ ।


Back_to_top