होन्डाले ल्यायो १९ केजी तौल भएको इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले अनौठो इलेक्ट्रीक मिनी स्कुटर सार्वजनिक गरेको छ । झट्ट हेर्दा सुटकेस जस्तै आकारमा देखिने उक्त मिनी इलेक्ट्रीक स्कुटर होन्डा ‘मोटो-कम्प्याक्टो’ हो ।

सानो सुटकेस जस्तो डिजाइनमा देखिने मिनी स्कुटर चलाउन मन नलागेको अवस्थामा फोल्ड गरेर कारको बुट स्पेशमा राख्न वा घर भित्र लगेर जुनसुकै स्थानमा राख्न सकिन्छ ।

यस मिनी स्कुटरको सिट, ह्यान्डलबार, फुटपेग र साइड स्ट्यान्डलाई समेत फोल्ड गरेर राख्न सकिने सुबिधा दिइएको छ । इलेक्ट्रीक मिनी स्कुटरमा अगाडि र पछाडि प्रयोग भएका सबै लाइट एलइडी छन् ।

यो स्कुटरको तौल १९ किलोग्राम मात्रै छ । होन्डाले मोटो कम्प्याक्टमा ६.८ एम्पियरको ब्याट्री प्याक दिइएको छ । १५ एम्पीयरको प्लगइन–बोर्ड चार्जरको प्रयोगबाट यसमा रहेको ब्याट्री फुलचार्ज गर्न करिब ३.५ घण्टा समय लाग्ने छ ।

पावरको लागि भने यो मिनी स्कुटरमा ४९० वाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । यो मोटरले १६ एनएमको टर्क पावर जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता भने २४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

एक पटकको फुल चार्जबाट यो इलेक्ट्रीक स्कुटरलाई १९ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ ।

हेर्दा चिटिक्क सानो सुटकेसको आकारमा रहेको यस मिनी इलेक्ट्रीक स्कुटरको मूल्य ९९५ अमेरिकी डलर मूल्य निर्धारण निर्धारण गरिएको छ ।


Back_to_top