अटो शोमा दुई नयाँ मोडल ल्याएको रोयल इनफिल्डले कति पायो बुकिङ ?

काठमाडौं । जति चर पाङ्ग्र सवारीसाधनको चर्चा अटो शोमा भयो, त्यति दुई पाङ्ग्रे सवारीसाधनको चर्चा हुन सकेन । त्यसका बाबजुद अटो शोमा रोयल इनफिल्डले भने निकै राम्रो चर्चा पाउन सफल भयो ।

रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभका अनुसार ५ हजारभन्दा धेरै रकम दिएर ११५ जनाले मोटरसाइकल बुकिङ गरेका थिए ।

झण्डै एक हप्ता लामो नाडा अटो शो २०२३ मा रोयल इनफिल्डले हन्टर ३५०, क्लासीक ३५० क्रोम र डार्क एडिशन सार्वजनिक गरेको थियो ।

रोयल इनफिल्डले ४ लाख ५९ हजार सुरुवाती मूल्य तोकेर हन्टर सार्वजनिक गरेको थियो । साथै, ५ लाख २५ हजार रुपैयाँमा क्लासीक ३५० डार्क र ५ लाख ३० हजार रुपैयाँमा क्रोम एडिशन सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार नाडा अटो शोमा धेरैले हन्टर बुकिङ गरेका छन् । क्लासीक ३५० पनि ग्राहकले उत्तिकै रुचाएको कम्पनीका कर्मचारीले बताए । ।

‘हामीले सकेसम्म ५ हजारभन्दा माथि लिएर बुकिङ गरेका छौं । ५ हजारभन्दा कम पैसा दिएर बुकिङ गर्नेको संख्या पनि राम्रै छ । त्यसलाई हामीले बलियो बुकिङ मानेका छैनौं । त्यो बाहेक नै ११५ जनाले ५ हजार तिरेर मोटरसाइकल बुकिङ गरेका छन्’, कम्पनी स्रोतले भन्यो ।

स्टलमा ग्राहकको भिड धेरै भएर नक्साल शोरुममा ग्राहक पढाएर मोटरसाइकल डेलिभरी समेत गरेको अल्फा अटोमोटिभले जानकारी दिएको छ ।


Back_to_top