हटकेक बन्यो वीवाइडी डल्फीन, डेलिभरी चाँडै सुरु हुने

काठमाडौं । नाडा अटो शोमा बुकिङको हिसावले उत्कृष्ट रहेको बीवाइडी डल्फीनको बुकिङ चाँडै सुरु गर्ने कम्पनीले जनाएको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकका अनुसार अबको दुई साता भित्रै डल्फीनको डेलिभरी सुरु हुनेछ ।

‘हाम्रो गाडी नेपाल आउने क्रममा छ । अबको दुई साता भित्रै डेलिभरी सुरु गर्ने योजना बनाएका छौं । सकेसम्म सबै बुकिङ गर्ने ग्राहकलाई दशैं अगाडि गाडी डेलिभरी दिने हाम्रो लक्ष्य हो’, साइमेक्स स्रोतले भन्यो ।

नाडा अटो शोमा सबैभन्दा आकर्षण बन्न सकेको बीवाइडीको स्टलमा ग्राहकको उपस्थिति निकै बाक्लो थियो । साथै, डल्फीन अत्यन्त नयाँ मोडल भएको कारण यसमा ग्राहकको आकर्षण पनि बढिनै थियो ।

साइमेक्सले ३९ लाख ८० हजार मूल्य राखेर बिक्री सुरु गरेको कारण डल्फीन मूल्यको हिसावले पनि उत्कृष्ट बन्यो । त्यही कारण यसले अटो शोमा ३०० यूनिट माथि बुकिङ पाउन सफल भयो ।

ह्याचव्याक सेग्मेन्टमा आएको डल्फीनमा ४४.९ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

अल न्यू इ सिक्सको जस्तै यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ ।

यसमा १६ इन्चको अलोय ह्वील भएको डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ किलोवाटको एसी चार्जरले घरायसी बिजुलीबाट चार्ज गर्न सकिन्छ ।

साइजको हिसावले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी बराबरको लम्बाई र चौडाई रहेको डल्फीन सुरक्षा फिचरमा पनि उत्कृष्ट गरेको र मूल्यको हिसावले पनि ४० लाखभन्दा कम भएको कारण ग्राहकको बीचमा यो मोडल हटकेक बन्न सफल भएको हो ।


Back_to_top