नेपालमै पहिलो पटक स्कुटर, ब्याट्री र चार्जरको छुट्टाछुट्टै मूल्य निर्धारण

काठमाडौं । नेपालमा ४ दर्जन हाराहारी ब्राण्डले इलेक्ट्रीक दुई पाङ्ग्रे साधन बिक्री वितरण गर्दै आएका छन् । यी सबै ब्राण्डले आफ्ना दुई पाङ्ग्रे साधनको मूल्य निर्धारण गर्दा स्कुटर, ब्याट्री र चार्जरको मूल्य तोक्ने गरेका थिए । तर, पहिलो पटक एनआईयूले स्कुटर ब्याट्री र चार्जरको मूल्य टुक्रा गरेर बिक्री सुरु गरेको हो ।

हालै सम्पन्न नाडा अटो शो २०२३ मा एनआईयूले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले १०० किलोमिटर रेन्ज दिने ‘गोभा एफ ६००’ नयाँ मोडल ल्याएको हो ।

यसअघि नेपालमा स्कुटर बिक्री गर्ने कम्पनीले चार्जर, ब्याट्री तथा स्कुटरको छुट्टा छुट्टै मूल्य सार्वजनिक गरेका थिएनन् । एनआईयू इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले नयाँ तरिकाले मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो नयाँ स्कुटर गोभा एफ ६०० स्कुटर मात्रको मूल्य २ लाख ५ हजार रुपैयाँ तोकेको छ । यसमा ब्याट्री तथा चार्जरको मूल्य समावेश गरिएको छैन ।

इको इन्फिनीटीले सिंगल ब्याट्रीसहित स्कुटरको मूल्य २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरेको छ । साथै, चार्जर र सिंगल ब्याट्रीसहितको स्कुटरको मूल्य ३ लाख ६ हजार रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले ७२ भोल्ट २० एम्पीयर अवार क्षमतको लिथियम आयोन ब्याट्रीको मूल्य ७८ हजार रुपैयाँ तोकेको हो । चार्जरको मूल्य भने २९ हजार ८०० रुपैयाँ तोकिएको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार ब्याट्री र चार्जर खरिद गर्न सक्नेछन् ।

यस्तो छ स्कुटर

एनआईयू गोभा एफ ६०० मा ३ किलोवाटको रेटेड पावर मोटर रहेको छ । यो स्कुटरमा ७२ भोल्ट २० एम्पीयर आवरको लिथिएम आयन ब्याट्री उपलब्ध छ ।

फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने गोभा एफ ६०० को टप स्पीड क्षमता ७० किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटर विभिन्न ५ कलर भेरियन्टमा उपलब्ध भने दुई ब्याट्रीको अप्सन पनि पाउन सकिन्छ ।

कम्पनीले गोभा एफ ६०० को दुबै ह्वीलमा डिस्क ब्रेक दिएको छ । यसका १४५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सबै लाइट एलइडी प्रयोग भएको स्कुटरमा यूसबी पोर्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर छन् ।


Back_to_top