हेड्ज ब्राण्डका हेल्मेट नेपालमा

काठमाडौं । भारतीय टु ह्विलर्स स्पेयर्स पार्टस तथा हेलमेट उत्पादनमा अग्रणी कम्पनी साइ ग्रुपको उत्पादन हेड्ज हेल्मेटको एक्स्टर मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । साइ ग्रुपका लागि नेपालको आधिकारिक बिक्रेता श्री अम्बा ग्रुप प्रालिले शनिबार एक कार्यक्रमबीच नयाँ रेन्जको हेलमेट सार्वजनिक गरेको हो ।

लामो समयको परीक्षण पछि सुरक्षित र बलियो हेलमेट कम्पनीले बजारमा ल्याउन सफल भएको साइ ग्रुपका प्रवन्ध निर्देशक संजिब कपुरले बताए । ‘यो हेलमेट नेपाली बजारमा समेत लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण अग्रवालले हेड्जको एक्स्टर मोडल राम्रो, बलियो र सुरक्षित हेलमेट रहेको बताए । ‘आजबाट देशभरको बजारमा यो हेलमेट उपलब्ध हुनेछ,’ उनले भने ।

श्री अम्बा ग्रुपले बिगत २ वर्षदेखि साही ग्रुपको आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ । साइ ग्रुपद्वारा उत्पादित हेड्ज हेलमेटसँगै एएनजी हेलमेट, रिप्ले हेलमेट, एरोस्टार हेलमेटलाई पनि कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

यो समूहले साइ ग्रुपद्वारा उत्पादित बाइक तथा स्कुटरहरुका बडी पार्टसहरु बिक्री वितरण गर्दै आइरहेको छ ।


Back_to_top