काठमाडौं । नेपालीहरूको महान चाड शुभ–विजयादशमी आउन केही दिनमात्रै बाँकी छ । प्रायः मासिनले चाडपर्वको समयलाई लक्षित गर्दै नयाँ सामान जोड्ने योजना बनाउँछन् । साथै, विशेष छुट, अफर पाइने भएकाले यो समयमा सवारीसाधन खरिद गर्ने मानिसको सङ्ख्या पनि उत्तिकै हुनेगर्छ ।
नयाँ मोटरसाइकल, स्कुटर, कारलगायतका सवारीसाधान किन्नका लागि चाडपर्वले कुरेर बसेका ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले पनि विभिन्न अफर ल्याउने गरेका छन् । नेपालमा खुलेका मोटरसाइकल कम्पनीका आधिकारीक वितकरहरुले दशैं तिहारलाई केन्द्रमा राखेर यस्ता अफर ल्याएका छन् ।
कुनै कम्पनीले खल्तीभरी पैसाको अफर दिएका छन् भने केही कम्पनीले नगद छुट र विदेश भ्रमणको अफर दिएका छन् । कुनै कम्पनीले भने २०७५ रुपेयाँमा नै मोटरसाइकल पाउन सकिने अफर ल्याएका छन् ।
बजाज

बजाज कम्पनीका लागि नेपालको आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैंलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । बजाजको जुनसुकै मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्डमार्फत् एक लाखसम्म जित्ने अफर ल्याएको छ । साथै, हरेक हप्ता ‘लक्की ड्र’मार्फत् एकजना बिजेतालाई पकेटफूलको अफर दिने भएको छ ।
सथै, कम्पनीले डिस्कभर बाइकमा बिशेष अफर स्वरुप १९ हजार ९९९ रुपैयाँ लिएर गएर बाइक लिन पाउने अफरपनि संचालन गरिरहेको छ ।
यामाहा

यामाहाका लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विजयादशमीलाई लक्षित गर्दै नयाँ मोडलका बाइक तथा स्कुटरको खरिद गर्दा स्क्र्याच कार्डमार्फत् सात हजारदेखि १ लाखसम्म नगद छुट, हरेक हप्ता ‘लक्की ड्र’ मार्फत् यामाहा–आर–थ्री जित्ने मौकासहित टेस्टड्राइभमा बिभिन्न सरप्राइज गिफ्टको अफर ल्याएको छ ।
त्यतिमात्रै नभई २० प्रतिशत डाउनपेमेन्टमा यामाहा स्कुटर र सलुटो मोटरसाइकल खरिद गर्न सकिने यामाहाले अफर ल्याएको छ ।
टीभीएस

यसैबीच, टीभीएस कम्पनीका लागि नेपालको आधिरकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस १० करोडका रोड क्याम्पेन संचालन गरिरहेको छ । कम्पनीले स्क्र्याच कार्डमार्फत् ७ हजारदेखि १ लाखसम्म नगद छुट दिनुका साथै हरेक दिन लक्की ड्रबाट १० जनालाई १० हजारका दरले र बम्परमा १ लाखरुपैयाँ दिने योजना अगाडि ल्याएको छ ।
तर, यो अफर टीभीएसको नयाँ आरटीआर–२०० ४–भी, आरटीआर–१६० ४–भी र एनटर्क स्कुटरमा भने लागू नहुने जनाएको छ ।
हिरो

हिरो मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जेनरल मोट्र्सले दशैं–तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । कम्पनीले जुनसुकै मोटरसाइकलमा ६ हजार छुट दिनुकासाथै स्कुटरमा ८ हजारसम्म छुट दिने भएको छ । साथै, स्क्र्याच कार्डमार्फत् एक लाखसम्म क्यास जित्न सकिने मौका प्रदान गरेको जनाएको छ ।
होन्डा

दशैंको अवसरलाई लक्षित गर्दै नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले विशेष अफर ल्याएको छ । कम्पनीले सबै मोडलका बाइक र स्कुटरमा स्क्र्याच कार्डमार्फत् एक लाखसम्म छुट दिने जनाएको छ । साथै, ५ वर्ष निःशुल्क सर्भिसिङ्ग र ५ वर्षसम्म स्पेयर पाट्र्समा १० प्रतिशत छुट दिने कम्पनीले ल्याएको उपहार योजनामा उल्लेख गरिएको छ । त्यस्तै, होन्डाको जुनसुकै मोडल खरिद गरी वीस गर्ने मौका कम्पनीलले प्रदान गर्ने छ, उक्त वीसलाई फेसबुकमा सबैभन्दा बढी सेयर गर्नेले ५० हजारसम्म पाउने कम्पनीले जनाएको छ ।
महिन्द्रा

महिन्द्र टु हुवीलरको आधिकारीक वितरक अग्नि इनकर्पोरेटले स्क्र्याच कार्डमा जति त्यति नै मूल्यमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने योजना ल्याएको छ । यस योजनामा सहभागि भएर बाइक किन्ने ग्राहकले स्क्र्याच कार्डमा भएको मूल्यमा नै स्कुटर र मोटरसाइकल खरिद गर्न सक्नेछन् । कम्पनीले स्कुटर र मोटरसाइकलको मूल्य न्यूनतम २०७५ रुपैयाँ राखेको छ । भाग्यमानी ग्राहकले २०७५ रुपैयाँमा नै बाइक वा स्कुटर पाउने छन् ।
सुजुकी मोटर्स

नेपालका लागि सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी–अटोमोबाइल्सले शुभ–विजयादशमी तथा शुभ–दीपावलीको अवसरमा सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा बाइकमा ८ हजार र स्कुटरमा १० हजार नगद छुट दिने योजना ल्याएको छ । साथै, कम्पनीले १० जनालाई बम्परमा उपहारमा जापान भ्रमण गराउने अफर गरेको छ ।


