रोयल इनफिल्ड हन्टर हेरिटेज राइड २०२३ सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले हन्टर हेरिटेज राइड २०२३ सम्पन्न गरेको छ । कम्पनीले हन्टरको हेरिटेज राइड २०२३ को पहिलो एडिशन सम्पन्न गरेको हो ।

कम्पनीले नाडा अटो शोमा सार्वजनिक गरेको हन्टर १०० भन्दा धेरै यूनिट बुकिङ भएकोमा डेलिभरी लिएका केही ग्राहकहरुको सहभागीतामा हन्टर हेरिटेज राइड आयोजना गरिएको हो ।

उक्त राइड कार्यक्रममा ४४ वटा रोयल इनफिल्ड हन्टर मोटरसाइकल राइडर सहभागी थिए ।

रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड हन्टर हेरिटेज राइड २०२३ टेकु शोरुमबाट सुरु भएको थियो । सहभागी राइडरहरु त्रिपुरेश्वर, कंलकी, स्वयम्भु, भगवानपाऊ छाउनी, बसन्तपुर, दरबारमार्ग घण्टाघर, कुपोनडोल पाटनढोका हुँदै भक्तपुर दरवार स्क्वायर पुगेर समापन भएको थियो ।

कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्धन, रोड सेफ्टी तथा हेरिटेज साइट प्रवद्र्धनको मूख्य उदेश्य राखेर यो राइड आयोजना गरेको जानकारी दिएको छ ।


Back_to_top