टाटा कमर्सियल गाडीहरुका लागि बडादशैं सर्भिस क्याम्प

काठमाडाैं ।  नेपालीहरुको माहन चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कण्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्क संग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उदेश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि सिप्रदीले असोजको १४ गतेदेखि कार्तिक ३ गते सम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ ।

क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरुमा एकै साथ संचालन भइरहेको छ ।

उक्त क्याम्पमा सहभागी ग्राहकहरुको गाडीहरुमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफइपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निशुल्क चेकअप सुविधाहरु रहेका छन् जस्ले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ ।

यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५% देखी २२% सम्म छुट तथा ल्यूब्रिकेन्टमा २५% छुटको व्यवस्था गरेको छ । प्री सर्भिस बुकिङ्ग गरी आउने गाडीहरुका लागि निशुल्क सर्भिसिङ्ग चार्जको साथमा निशुल्क वासिङ्ग र ग्रिजिङ्ग को सुविधा समेत प्रदान गरेको छ ।

हाइवेमा ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहनेछ र त्यसकोे साथै भाग्यशालि ३४ जना ग्राहकहरुलाई स्मार्ट घडी जित्ने सुर्वण अवसर पनि प्रदान गरेको छ ।

यस अवधिभर गोंगबु बसपार्कबाट छुट्ने बसहरुको लागि पनि विषेश चेकअप सुविधाहरु को साथमा सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ । यस अवधिभरमा ४००० भन्दा बढी गाडीहरुको चेकअप गर्ने कम्पनीले लक्ष्य  लिएको जनाएकाे छ ।


Back_to_top